logo

बैदेशिक रोजगार व्यवसायि संघको अध्यक्षमा रोहन गुरुङको उम्मेदवारी घोषणा

    3485   पटक पढिएको

३१ जेठ/ अर्थ र व्यापार- आगामी असार १७ गते हुने नेपाल बैदेशिक रोजगार व्यवसायि संघको २५ औं निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायीहरुका विभिन्न ६ संस्थासँग तालमेल गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

संयुक्त व्यावसायिक समुहबाट गुरुङले मंगलबार उम्मेद्वारी घोषणा गरेका हुन् । व्यवसायिक समुहमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाज रहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च विभिन्न संगठन सँगको तालमेल सहित ‘सयुक्त व्यवसायिक समूह’ का नाममा निर्वाचनमा होमिने भएको छ । रोहन गुरुङ नेतृत्वमा बन्ने संयुक्त व्यवसायिक समूहमा विभिन्न ६ वटा संघ संस्थाको गठबन्धन भएको हो ।


संयुक्त व्यवसायिक समूह बनाउने सहमतिका बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर ‘वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्या्दित बनाउने’ नारा शत प्रतिशत पुरा गर्न सहकार्य जरुरी रहेको संयुक्त व्यवसायी समूहका संयोजक सरोज पोखरेलले वताए । समुहमा रहेका संस्थाहरु बाट प्रतिनिधित्व हुने गरी संघको आउँदो चुनावमा संयुक्त उम्मेद्वारी दिने निर्वाचन परिचालन मूल व्यवस्थापन समितिका संयोजक सरोज कुमार पोखरेलले वताए ।

सहमति अनुसार गणतान्त्रिक मञ्चलाई प्रथम उपाध्यक्ष सहित सचिव र ३ सदस्य, मगर समाजलाई कोषाध्यक्ष, तामाङ समाजलाई सदस्य दिने गरी सहमति भएको पोखरेलले बताए । अध्यक्ष पदका लागि भने यस अघि नै रोहन गुरुङको नाम सर्बसम्मत भइसकेको छ । संयुक्त प्यानल बनाउने सहमति भएपछि अध्यक्षमा उम्मेदवारी दिएका गुरुङले मञ्चको उपाध्यक्ष बाट राजिनामा दिएका छन् । गुरुङले सबै व्यवसायी लाई समेट्नका लागि र संघमा राजनीति अन्त्य गर्नका लागि  मञ्चको उपाध्यक्षबाट राजिनामा दिएको वताए ।

सहमति अनुसार यो समूहबाट प्रथम उपाध्यक्षमा गणतान्त्रिक मञ्चका रामप्रसाद भन्तना निश्चित भएका छन् भने द्वितिय उपाध्यक्षमा मञ्चका मुक्ति अधिकारी, तृतिय उपाध्यक्षमा तामाङ समाज बाट शुक्र पाख्रिन, महासचिवमा मञ्चका अध्यक्ष नरेश गेलाल, सचिवमा गणतान्त्रिकका ईश्वर जिसी र कोषध्यक्षमा मगर समाजबाट रमिला ताम्राकारको सम्भावना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।