logo

कतारमा १६ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा, उद्धारका लागि दैनिक ४ उडान चाहिने 

    1745   पटक पढिएको

५ असोज/अर्थ र व्यापार– कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले कतारमा अलपत्र १६ हजार नेपाली श्रमिक स्वदेश फर्किने प्रतीक्षामा रहेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रविधिमार्फत भर्चुअल सहभागी भएका भारद्वाजले चार्टर्ड फ्लाइटबाट मात्र १६ हजार नेपाली श्रमिकको उद्धार सम्भव नभएको बताएका हुन् ।

हालको संख्या १६ हजार भएपनि चाडपर्व नजिकिँदै जाँदा यो संख्या अझै बढ्न सक्ने भन्दै उद्धारका लागि दैनिक ४ वटा उडान आवश्यक रहेको बताए ।

राजदूत भारद्वाजले सेड्युल फ्लाइटबाट मात्र यहाँ रोकिएका १६ हजार नेपालीलाई घर फर्काउन सकिने समितिलाई जानकारी दिए । हाल कतारबाट नेपाली श्रमिकको उद्धारका लागि नियमित उडानको व्यवस्था छैन । 

राजदूत भारद्वाजले अहिलेसम्म कतारबाट छ हजार सात सय ७८ जनाको नेपालीहरुको  उद्धार गरिएको समितिलाई जानकारी दिए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।