logo

निर्वाचनलगत्तै स्थगित श्रम सहचारी नियुक्ति 

    1845   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । १५ असारबाट श्रम सहचारी नियुक्ति प्रक्रिया सुरु हुने छ । श्रम सहचारी नियुक्तिसम्बन्धी कडा मापदण्ड कार्यान्वयनमा ल्याएको मन्त्रालयले विभिन्न ६ मुलुकमा काउन्सेलर (श्रम) तथा श्रम सहचारी नियुक्ति प्रक्रिया थालेको छ । 

मन्त्रालयले ४ जेठमा सूचना प्रकाशित गरी श्रम सहचारीमा जान इच्छुक कर्मचारीबाट दरखास्त आह्वान गरेको थियो । त्यसपछि ५ जेठमा निर्वाचन आयोगले मन्त्रालयका नाममा पत्र पठाई नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म स्थगित गर्न निर्देशन दिएको थियो । 

निर्वाचन आयोगको निर्देशनपछि ७ जेठको सचिवस्तरीय निर्णयबाट मन्त्रालयले यो प्रक्रिया रोक्ने निर्णय गरेको थियो । १४ असारमा दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएलगत्तै श्रम सहचारी नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । 

मापदण्ड पूरा गर्ने श्रम तथा रोजगार मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत कर्मचारीले १५ असारदेखि ३५ दिन अवधिभित्र दरखास्त दिन पाउनेछन् । यसका लागि निजामती सेवाको अधिकृतस्तरको कर्मचारीका रूपमा सेवा प्रवेश गरी तीन वर्ष काम गरिसकेका कर्मचारी मात्र योग्य मानिन्छन् ।

अहिले खाडीका ६ तथा दक्षिण कोरिया र मलेसियास्थित नेपाली दूतावासमा श्रम सहचारीको दरबन्दी छ । कुवेत, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन, कतार, युएई र आउदी अरेबियामा श्रम सहचारीको दरबन्दी छ । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार ५ हजारभन्दा बढी कामदार कार्यरत मुलुकमा श्रम सहचारी नियुक्त गर्नुपर्ने प्रावधान छ । १ हजारभन्दा बढी महिला कामदार रहेको मुलुकमा महिला श्रम सहचारी नियुक्ति गर्नुपर्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।