logo

निर्वाचनलगत्तै स्थगित श्रम सहचारी नियुक्ति 

    1995   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । १५ असारबाट श्रम सहचारी नियुक्ति प्रक्रिया सुरु हुने छ । श्रम सहचारी नियुक्तिसम्बन्धी कडा मापदण्ड कार्यान्वयनमा ल्याएको मन्त्रालयले विभिन्न ६ मुलुकमा काउन्सेलर (श्रम) तथा श्रम सहचारी नियुक्ति प्रक्रिया थालेको छ । 

मन्त्रालयले ४ जेठमा सूचना प्रकाशित गरी श्रम सहचारीमा जान इच्छुक कर्मचारीबाट दरखास्त आह्वान गरेको थियो । त्यसपछि ५ जेठमा निर्वाचन आयोगले मन्त्रालयका नाममा पत्र पठाई नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म स्थगित गर्न निर्देशन दिएको थियो । 

निर्वाचन आयोगको निर्देशनपछि ७ जेठको सचिवस्तरीय निर्णयबाट मन्त्रालयले यो प्रक्रिया रोक्ने निर्णय गरेको थियो । १४ असारमा दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएलगत्तै श्रम सहचारी नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । 

मापदण्ड पूरा गर्ने श्रम तथा रोजगार मन्त्रालय र मन्त्रालय मातहतका निकायमा कार्यरत कर्मचारीले १५ असारदेखि ३५ दिन अवधिभित्र दरखास्त दिन पाउनेछन् । यसका लागि निजामती सेवाको अधिकृतस्तरको कर्मचारीका रूपमा सेवा प्रवेश गरी तीन वर्ष काम गरिसकेका कर्मचारी मात्र योग्य मानिन्छन् ।

अहिले खाडीका ६ तथा दक्षिण कोरिया र मलेसियास्थित नेपाली दूतावासमा श्रम सहचारीको दरबन्दी छ । कुवेत, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन, कतार, युएई र आउदी अरेबियामा श्रम सहचारीको दरबन्दी छ । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार ५ हजारभन्दा बढी कामदार कार्यरत मुलुकमा श्रम सहचारी नियुक्त गर्नुपर्ने प्रावधान छ । १ हजारभन्दा बढी महिला कामदार रहेको मुलुकमा महिला श्रम सहचारी नियुक्ति गर्नुपर्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।