logo

नेपाल विद्युत प्राधिकरणमा एकै पटक ४४९ जना कमर्चारीको माग

    5446   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - काठमाडौं। नेपाल विद्युत प्राधिकारणले  एकै पटक चारसय ४९ जना कमर्चारी माग गरेको छ । प्राधिकारणले रिक्त रहेको अधिकृत स्तरदेखि सहायक स्तरका पदहरुमा विभिन्न क्षेत्रका कार्यालयहरुमा कर्मचारी माग गरेको हो । प्राधिकरणले विराटनगर, जनकपुर, हेटौडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया क्षेत्रकालागि कर्मचारी माग गरेको छ ।

प्राधिकरणले अधिकृत स्तरमा सातौं तहदेखि १० औं तहसम्मकालागि ८० जना कर्मचारी माग गरेको छ । प्राधिकरणले ८,९ र १० तहको लागि स्नातकोत्तर सहित कार्य अनुभव भएको कर्मचारी माग गरेको छ भने सातौं तहकालागि समूह अनुसारको शैक्षिक योग्यता तोकेको छ । यस्तै सहायक स्तरमा तेस्रो तहदेखि पाँचौ तहसम्मका कर्मचारी माग गरेको छ । जसमा पाँचौ तहको लागि मिटर रिडिङ सुपरभाईजरमा  २० जना, लेखापालमा ११ जना, प्रविधिक सुपरभाइजरमा ३० जना, मेकानिकल सुपरभाइजरमा ४ जना र सिभिल तर्फका प्रविधिकमा छ जना माग गरेको छ ।

प्राधिकरणले चौथो तहको लागि सिनियर मिटर रिडर ५२ जना, लेखापाल सहायक ४५ जना, ईलेक्ट्रकल प्राविधिक तर्फका फोरमेन ८८ जना र सिभिल तर्फको प्राविधिक फोरमेन एक जना माग गरेको छ । चौथो तहको लागि प्राविधिक तथा प्रशासनमा सम्वन्धित विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्ने छ । त्यस्तै प्रधिकरणले तेस्रो तहका मिटर रिडर ३२ जना, ईलेक्ट्रिसियन ७९ जना र जुनियर मिस्त्री एक जना माग गरेको छ । तेस्रो तहकालागि प्रशासन गर्फ एसएलसी अथवा प्राविधिक विषयमा १० कक्षा पास गरको हुनु पर्छ ।
टपरीक्षाको आवेद दिने अन्तिम मिति पुष २ गतेसुम्म रहेको छ भने दोव्वर दस्तुर तिरेर पुष ९ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।