logo

महामारीकाबीच पहिलो चौमासमा ४५ हजार १८२ नेपाली विदेशिए

    2256   पटक पढिएको

८ पुस/अर्थ र व्यापार– कोभिड–१९ महामारीकाबीच चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ४५ हजार १८२ जना नेपाली श्रमिक विदेशिएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशिएका नेपालीमध्ये २५ हजार ९३१ जना कामदार पुनः श्रमस्वीकृति लिएर गएका हुन् । भने बाँकी १९ हजार २५१ जना नेपाली श्रमिक नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएको हो ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले देशभित्र रोजगारीको अवस्था शिर्जना हुन नसक्दा विषम परिस्थितिमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको बताए ।

कोभिड–१९ महामारीका कारण विदेशमा रोजगार गमाएका श्रमिकहरु सरकारले नेपालमै रोजगारी दिने भनी आश्वासन देखाएपछी नेपाल फर्किएका थिए । तर सरकारबाट पनि खास ठोस कार्यक्रहरु नआउँदा पुनः बिदेशिने क्रम बढेको प्रवक्ता नेउपानेले बताए ।

प्रवक्ता नेउपानेका अनुसार हाल मुलुकमा विकसित राजनीतिक घटनाक्रम, कोभिड महामारी  र बढ्दो अस्थिरताका कारण आगामी दिनमा नेपाली युवाहरु बिदेशिने संख्या अझ बढ्ने बताए ।

तथ्यांकअनुसार गत बर्षको तुलनामा चालू आवको पहिलो चौमासमा बैदेशिक रोजगारमा जाने कामदारको सख्या ७१.८६ प्रतिशतले घटेको छ । गत आवको पहिलो चौमासमा नेपालबाट कुल १ लाख ६० हजार ५७० जना कामदार बैदेशिक रोजगारमा गएका थिए ।

पुनः श्रम स्वीकृति लिएर जाने कामदारको सख्या ६७.९ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
गत आवको चौमासिक अवधिमा ८० हजार ८९० जना कामदारहरू पुनः श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएकामा चालू आवको सोही अवधिमा २५ हजार ९३१ जना कामदार पुनः श्रम स्वीकृति लिएका छन् ।

गत आवको कात्तिकसम्ममा ७९ हजार ६८० जना कामदार नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएकोमा बर्ष भने १९ हजार २५१ जना नयाँ कामदार बैदेशिक रोजगारमा गएका छन् । यो संख्या गत आवको पहिलो चौमासको तुलनामा ७५.८ प्रतिशतले कमी हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।