logo

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार १ सय कामदार लैजाने

    1883   पटक पढिएको


२४ फागुन / अर्थ र व्यापार -  कांठमाडौं । पछिल्लो समय काम र दाम दुवैले आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाको जानको लागि नवौं इपिएस टपिक परीक्षाको आवेदन फारम खुलेको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखा ग्वार्कोले आगामी ईपिएस परिक्षा २०७५ जेठ २६ र २७ गते हुने जानकारी दिएको छ । त्यसको लागि भाषा परीक्षाको आवेदन समेत खुला गरेको छ ।


शाखाको अनुसार परीक्षाका लागि यही चैत ८ गतेदेखि १७ गतेसम्म आवेदन फारम भर्न सकिनेछ । परीक्षा शुल्क २४ अमेरिकी डलर बराबरको नेपाली रुपंैयाँ तोकिएको छ ।  उक्त रकम ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्न सकिने प्रावधान छ । पिरक्षाको लागि आवेदन अनलाईनको माध्यमबाट भर्न सकिने जनाइएको छ । गएको वर्ष समेत त्यस्तै व्यवस्था थियो । आगामी वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदार लैजाने भएको शाखाले जनाएको छ । सन् २०१८ मा कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ३ सय नेपाली कामदार जान पाउने बताइएको छ ।

शाखाको अनुसार एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र जान पाउने प्रावधान छ । फारम भर्नेले उत्पादनमूलकमा तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु हुन्छ । ईपिएस परिक्षा एकै दिनमा दुई सिफ्ट गरी दुई दिन सञ्चलान हुने ईपिएस शाखाले जनाएको छ । परिक्षा स्थल र समय २०७५ जेठ १८ गते तोकिने बताइएको छ । परिक्षार्थीले आफ्नो नतिजा आफूले प्राप्त गरेको अंक सहित हेर्न पाउने छन् । नतिजा प्रकाशन २०७५ असार १६ गते प्रकाशित गर्ने जनाइएको छ ।

भाषा परिक्षा पास गरेपनि कोरियाको रोजगारको छनौटमा परि श्रम सम्झौत प्राप्त भई भिषा प्राप्त नहुँदासम्म रोजगारीको ग्यारेन्टी नहुने ईपिएस शाखाले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।