१९ असोज/अर्थ र व्यापार– गण्डकी प्रदेशको राजधानी पोखराबाट चालु आर्थिक बर्षको ३ महिनामा कुल ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
कोभिड १९ को कहरका बीच पनि ८ सय २६ जनाले प्रदेश राजधानी पोखराबाट पुनः श्रम स्वीकृति लिएका हुन्।
श्रम तथा वैदेशिक रोजगार कार्यालय पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा पोखराबाट ८ सय २६ जनाले श्रम स्वीकृति लिएको जानकारी दिए।
श्रेष्ठका अनुसार साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएका छन्। यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन भने असोज १४ गतेसम्म पुरुष १ सय ८३ र २ जना गरी कुल ८ सय २६ जनाले पोखराबाट पुनः श्रम स्वीकृति लिएका छन्।
गण्डकी प्रदेशको राजधानी पोखरामा श्रम कार्यालय स्थापना भएसँगै गण्डकी प्रदेशसहित आसपासका बासिन्दालाई वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिन सहज भएको छ।
तपाईको प्रतिक्रिया