logo

म्यानपावर कम्पनीमा रोजगार विभागको छड्के अनुगमन, ४५ कम्पनीको काम अबैध 

    2479   पटक पढिएको


३ पुस/अर्थ र व्यापार– वैदेशिक रोजगार विभागले गरेको तीन महिना लामो छड्के अनुगमनका क्रममा ६० वटा मध्ये ४५ वटा म्यानपावर कम्पनीले अबैध काम गरेको भेटिएको छ । 

श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको स्वच्छ वैदेशिक रोजगारीबारेको भर्चुअल कार्यक्रममा विभागका महानिर्देशक कुमारप्रसाद दहालले अनुगमनमा ४५ वटा म्यानपावर कम्पनीले अबैध रुपमा काम गरेको भेटिएको बताए । 

महानिर्देशक दाहालले अबैध रुपमा काम गरेको भेटिएको सबै कम्पनीको कारोबार रोक्का गरेर कारवाही गरिएको जानकारी दिए । उनले व्यवसायिक वातावरण बिगार्ने नभई उजुरी आएका ठाउँमा पीडितलाई न्याय दिने उद्देश्यसहित अनुगमन गरिएको बताए ।

महानिर्देशक दाहालका अनुसार खाडी देशमा श्रमिक पठाउन म्यानपावर कम्पनीहरुले  ७ लाखसम्म असुल्ने गरिएको पाइएको जानकारी दिए । 

दाहालले संस्थागतभन्दा व्यक्तिगत ठगी मौलाए भन्दै तलब राम्रो हुने, कोटा सीमित भएको र सम्पर्कमा आएको व्यक्ति नगए अर्को जाने जस्ता प्रलोभन र दबाव बनाएर ठग्ने गरिएको बताए ।

महानिर्देशक दाहालले श्रमिक पनि आफ्नो योग्यता, कामको प्रकृति, तलब, सेवा सुविधा लगायतका विषयमा सचेत हुन नसक्दा बढी समस्या आएकोे बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।