logo

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २४० जना युवालाई रोजगारी

    2229   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार  - प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिन्धुलीको तिनपाटन गाउँपालिकाले २ सयभन्दा बढी युवालाई रोजगारी दिएको छ । गाँउपालिकाले रोजगारीको माग गर्दै फारम भरेका युवामध्ये अहिले पहिलो चरणमा २४० जना युवालाई रोजगारी दिएको हो । गाउँपालिकाको वडा नम्बर १० र ११ को सिमानामा पर्ने भालु खोलामा कल्भर्ट निर्माणका लागि हाजिरीमा उनीहरूलाई काम लगाइएको रोजगार संयोजक बरुण आले मगरले बताए । उनका अनुसार पहिलो दिन २४० जनालाई एकै पटक काममा लगाइएको थियो । दोस्रो दिनदेखि ३०–३० जनाको समूह बनाएर काम गरिरहेका छन् । गत मंगलबारदेखि सुरु भएको सो योजनाको काम अवधिभर ३०–३० जनाको ८ वटा समूहले काम गर्नेछन् । त्यो ३० जनाको समूहलाई पनि दुई समूहमा १५–१५ जनालाई पालै पालो काममा खटाइएको रोजगार संयोजक आले मगरले बताए । निवदेन दिएका २४० जनालाई नै रोजगारी प्रदान गरिएको छ । 

गाउँपालिकाको कार्यालय जाने मुख्य सडकमै पर्ने भालुखोलामा ह्युमपाइप राखेर कल्भर्ट निर्माणका गर्ने गाउँपालिकाको निर्णय अनुरुप नै बेरोजगार युवालाई काममा खटाइएको बताइएको छ । बर्से्नि वर्षायाममा सडक अवरुद्ध हुँदा सवारी आवागमन नै बन्द हुने समस्यालाई मध्यनजर गरेर उनीहरूमार्फत नै सडकमा ह्युमपाइप राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा कुल ३७ लाख रुपैयाँ आएको छ । जसमा २५ प्रतिशत रकम सडक स्तरोन्नतिका लागि खर्च गरिने र ७० प्रतिशत रकम कामदारलाई ज्यालाका लागि छुट्याइएको उनले बताए । उनका अनुसार कामदारहरूलाई प्रतिदिन ७ सयदेखि १ हजार रुपैयाँ दिइने गरिएको छ । हेल्परलाई ७ सय रुपैयाँ र मिस्त्रीलाई १ हजार रुपैयाँको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

यसैबीच, तिनपाटन गाउँपालिकामा रोजगारीको माग गर्दै फाराम भर्नेको संख्या उत्साहजनक रहेको बताइएको छ । नेपाल सरकारले बेरोजगारी समस्या हटाउन स्थानीय तहमै रोजगारी दिन बेरोजगारहरूको लगत संकलन सुरु गरेसँगै तिनपाटन गाउँपालिकामा हालसम्म झण्डै ८ हजार जनाले फाराम भरेको रोजगार संयोजक बरुण आले मगरले बताए । जेठ मसान्तसम्म फारम भर्न मिल्ने भएकाले यो संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ । १८ वर्षदेखि ५९ वर्षसम्मका युवा तथा प्रौढ उमेरका महिला तथा पुरुषले रोजगारी पाऊँ भन्दै फारम भर्ने तथा निवेदन दिने काम भइरहेको जिल्लाका स्थानीय तहहरूले बताएका छन् । मुलुकमै रोजगारी दिने र युवाहरूलाई विदेश नपठाउने नीति लिएर बेरोजगार युवायुवती तथा वयस्कको लगत संकलन सुरु गरेसँगै सिन्धुलीमा मात्रै हजारौं बरोजगारले फाराम भरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।