logo

व्यवसायीको सुझाव कार्यान्वयनमा ल्याउने अर्थमन्त्रीको प्रतिवद्धता

निर्वाचन जारी

    96   पटक पढिएको



२९ चैत/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा वैदेशिक रोजगार व्यवसायीले दिएका सुझाव कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गरिने समेत बताएका छन् ।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औं वार्षिक साधारणस उद्घाटन गर्नेक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले देशभित्र रोजगारीका अवसरहरु सिर्जना गर्ने र देशका नागरिकहरुलाई खुसीकासाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताए ।
उनले अहिले नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरुले रोजगारीका लागि आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको बताए । उनले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरु फुर्ति र सीप लिएर फर्किरहेको बताए । उनीहरुले आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको मन्त्री पौडेलको धारणा थियो ।
उनले आज नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउन सक्ने, आर्थिक उपार्जन गर्न सक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किन सक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकार वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताए । उनले सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको जानकारी दिए ।
कानुनहरुलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नका लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक रहेको उनको भनाइ छ । उनले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको बताए ।
उनले अहिलेसम्मको अनुभवको आधारमा वैदेशिक रोजगारको व्यवसायलाई अगाडि बढाउनकालागि के के कुराका कानुनी अड्चनहरु छन् त्यसको खोजीगरी सुधार गर्नुपर्ने विषयका आधारमा अहिले वैदेशिक रोजगार ऐन र श्रम ऐनलाई संशोधन गर्ने क्रममा सरकार रहेको बताए । जसकालागि मन्त्रालय आवश्यक सल्लाह गरिरहेको जानकारी गराउँदै भण्डारीले भने,‘यसअघि पनि म आफैं मन्त्री भएको बेला कानुनी समस्याका कारण कम्पनी नै बन्द हुने स्थिति कानुन संशोधनमार्फत समाधान गरेको हुँ ।’ उनले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको दाबी गरे ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिने सेवा शुल्क तय गर्न स्वतन्त्र उच्चस्तरिय विज्ञ समिति गठन गर्न लागिएको बताए । उनले सेवा शुल्क निर्धारण गर्न विज्ञ समितिले सिफारिस गर्ने बताए ।
वैदेशिक रोजगार व्यवसायीले एक महिना तलब बराबरको सेवा शुल्क लिन पाउने माग गर्दै आएका छन् । सरकारले २०७० मा सेवा शुल्कबापत १० हजार रूपैयाँ लिन पाउने निर्णय गरेको थियो । श्रममन्त्री भण्डारीले स्वतन्त्र विज्ञ समितिले सिफारिस अनुसार सेवा शुल्क निर्धारण हुने बताए । उनले संस्थागत रूपमा श्रमिक पठाउन रोकिएको युरोपको मागपत्र प्रमाणीकरण एक महिनाभित्र सुरू गर्ने बताए ।
साधारण सभामा संघका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेलले संघ स्थापना कालदेखि अहिलेसम्म गर्दै आएका विविध गतिविधीहरुबारे जानकारी गराएका थिए ।
संघको सो साधारणसभा उद्घाटन कार्यक्रममा संघको नयाँ भवन खरिदगर्ने क्रममा १० राख रुपैयाँभन्दा बढी सहयोग गर्ने दाता व्यवसायीहरूलाई अर्थमन्त्री पौडेलले सम्मान प्रदान गरेका थिए । यसैगरी, ५ लाख रुपैयाँ भन्दाबढी सहयोग गर्ने दाता व्यवसायी तथा भवन खरिद समितिमा बसेर काम गर्ने व्यवसायीहरुलाई श्रममन्त्री भण्डारीले सम्मान प्रदान गरेका थिए । शुक्रबार विहानदेखि सुरु भएको सो सधारण सभाले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेपछि आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नकालागि निर्वाचन हुँदै छ ।
यस निर्वाचनबाट संघको २१ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्य सहित कुल १७ जना प्रत्यक्ष मतदानबाट निर्वाचित हुने छन् । ४ सदस्य भने निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
यस कार्यसमितिको निर्वाचनका लागि अध्यक्षका प्रत्यासी उम्मेदवारहरु नरेश गेलाल र भूवनसिंह गुरुङको २ समुहका ३४ जना र उपाध्यक्ष र सचिव स्वतन्त्र २ जना गरी ३६ जना व्यवसायीको उम्मेदवारी परेको छ । जसमा अध्यक्षका लागि नरेश गेलाल र भुवनसिंह गुरुङको उम्मेदवारी परेको छ । गेलाल र गुरुङ समुहसहित चुनावी मैदानमा उत्रिएका हुन । यसैगरी, अख्तर हुसेनले प्रथम उपाध्यक्षमा र ईश्वर सापकोटाले सचिवमा स्वतन्त्र उम्मेदवारी दिए चुनावी मैदानमा छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको तालमेलमा संघका पूर्व महासचिव तथा एचआर इन्टरनेशनल सर्भिसका सञ्चालक गेलालको नेतृत्वमा भिन्दै समुह बनेको थियो भने सो समूहलाई राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले पनि सघाउने घोषणा गरेको छ ।
अध्यक्षका प्रत्यासी उम्मेदवार गेलाल समूहबाट प्रथम उपाध्यक्षमा संघका पूर्व महासचिव तथा एलायन्स ह्युमन रिसोर्सका संचालक सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपालका संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआरका संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेशनल मेनपावरका संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआरकी संचालक धनु सिजाली चुनावी प्रतिस्पर्धामा छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुपका संचालक देउमान नेम्वाङ, ग्रोथ प्रोसेस एन्टरनेशनल इम्प्लोइमेन्टका संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिजका संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसनकी संचालक हिमा गुरुङ, रियो ओभरसिजकी संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिजका संचालक दिनेश बस्नेत, आयुश ओभरसिजका संचालक कामेश्वर साह राहुल, सिगुल ओभरसिजका संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्सका संचालक युवराज देवकोटा र गल्फ एशिया म्यानपावरका संचालक राजेश यादव चुनावी मैदानमा छन्।
यसैगरी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँग तालमेल गरेर संघका पूर्व द्धितिय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा।लि।का संचालक भुवनसिंह गुरुङको अध्यक्षतामा प्यानलसहित निर्वाचनमा होमिएको छ ।
गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपालका संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिजका संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिसका संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्टका संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङका संचालक कुन्छा दोर्जे दिमदोङ र कोषाध्यक्षमा शुभ हारती मेनपावरका संचालक विक्रम श्रेष्ठ चुनावी मैदानमा छन् ।
सो समुहबाट कार्यसमिति सदस्यमा राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, इम्पेरियल ओभरसिजकी संचालक विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपालका संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्टका संचालक दीपककुमार राय, रसुवा ओभरसिजका संचालक सुवर्ण लामा, सेक्युर नेपाल जबका संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिजका कैलाश पाठक, ग्लोबल एचआर हबकी संचालक गीता राउत, युनिभर्स एचआर सोलुसनका संचालक भरत सापकोटा, रिजा ओभरसिजकी संचालक रेखा शर्मा, इगल मेनपावर कन्सल्टेन्टका संचालक कृष्ण ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
यसपटकको निर्वाचनमा २ सय भन्दा बढी नयाँ व्यावसायी थपिएकाले र राजनितिक दलका उम्मेदवारहरु मिलेर संयुक्त प्यानल बनाएकाले यस निर्वाचनको अनुमान गर्न कठिन भएपनि दुबै समुहले जित्ने दावी गर्दै आएका छन । सो निर्वाचनकालागि ९ सय ३ जना मतदाता रहेकोे संघ निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।