logo

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा दुई समुह र स्वतन्त्र सहित ३६ जनाको उम्मेदवारी दर्ता

    461   पटक पढिएको


२६चेत/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि २९ चैतमा हुने निर्वाचनका लागि दुईवटा समुहका र दुईपदमा स्वतन्त्र सहित ३६ जना व्यवसायीले उम्मेदवारी दर्ताका छन । संघको आगामी नयाँ नेतृत्व चयन गर्नकालागि हुने लागेको सो निर्वाचनमा २१ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित ७ पदाधिकारी र १० जना सदस्य गरी कुल १७ पदका लागि निर्वाचन हुँदैछ ।
सो निर्वाचनका लागि संघमा अध्यक्षका प्रत्याशी उम्मेदवार नरेश गेलाल र भुवनसिंह गुरुङको समूहबाट १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्षका र एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको ‘सयुक्त व्यावसायिक समूहले अध्यक्षका प्रत्याशी उम्मेदवार गेलालको समूहबाट आइतबार आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी, नेपाली कांग्रेस निकट लोकतान्त्रिक एसोसिएसनको आधिकारिक तर्फबाट अध्यक्षका प्रत्याशी उम्मेदवार भुवनसिंह गुरुङको समूहले एकीकृत माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलमा आफ्नो १७ सदस्यीय उम्मेदवारी दर्ता गराएको हो ।
आइतबार दिउँसो ११ बजेबाट सुरु भएको उम्मेदवारी दर्ताको समयमा नै उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । संघको सो निर्वाचनका लागि ‘सयुक्त व्यावसायिक समूह’को तर्फबाट संघको आगामी अध्यक्षका लागि एचआर इन्टरनेसनल प्रालिका सञ्चालक नरेश गेलाल, प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्सका सञ्चालक सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंकका सञ्चालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका वैकुण्ठवैभव पौडेल र महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका सञ्चालक कर्णराज कटुवालको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी, गेलाल समूहबाट संघको सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका सञ्चालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआरकी सञ्चालक धनु सिँजालीको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी, गेलालको समूहबाट संघका सदस्यहरूमा माउन्टेन ग्रुपका देउमान नेम्वाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिजका चन्द्र लिम्बू, रियो ओभरसिजकी रमा खडका, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पायरका दिनेश बस्नेत, आयुस ओभरसिजका कामेश्वर साह (राहुल), सिगल ओभरसिजका छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्सका युवराज देवकोटा, गल्फ एसिया म्यानपावरका राजेश यादवको उम्मेदवारी दर्ता भएको छ ।
सो निर्वाचनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक एसोसिएसनको आधिकारिक तर्फबाट अध्यक्षका प्रत्याशी उम्मेदवार भुवनसिंह गुरुङको समूहबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देव खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका सञ्चालक हर्क लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेतले उम्मेदवारी दर्ता भएको छ । सो समूहको सचिवमा आकृति रिक्रुटिङ प्रालिका सञ्चालक कुन्छा दोर्जे दिमदोङ, कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रालिका सञ्चालक विक्रम श्रेष्ठको उम्मेदवारी परेको छ ।
सोही समूहबाट संघको कार्यसमिति सदस्यहरूमा इम्पेरियल ओभरसिज प्रालिकी सञ्चालक विद्यालक्ष्मी बज्राचार्य, राजग्रुपअफ कम्पनीका सञ्चालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रालिका सञ्चालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सञ्चालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रालिका सञ्चालक सुमनराज पाण्डेको उम्मेदवारी परेको छ ।
यसैगरी, कार्यसमिति सदस्यमा ग्लोबल एचआर हब प्रालिकी सञ्चालक गीता राउत, युनिक ओभरसिज प्रालिकी सञ्चालक तिलरूपा दाहाल, युनिभर्स एचआर सोलुसन प्रालिका सञ्चालक भरत सापकोटा, रिजा ओभरसिज प्रालिकी सञ्चालक रेखा शर्मा र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका सञ्चालक कृष्ण ढकालको उम्मेदवारी परेको छ ।
सो निर्वाचनका लागि यी दुई समूहबाट पनि बाहिर रहेका व्यवसायी अक्सन इन्टरनेसनल प्रालिका सञ्चालक ईश्वर सापकोटाले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी, ओभरसिज इम्प्लोइमेन्टका अध्यक्ष अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएको संघ निर्वाचन समितिले जानकारी गराएको छ ।
गत सातादेखि नै वैदेशिक रोजगार व्यवसायीबीच धमाधम आगामी नयाँ नेतृत्वका लागि भिन्दाभिन्दै समूहको उम्मेदवारी घोषणा गर्ने क्रम बढेको थियो । यसअघि गत २ फागुन तय भएको निर्वाचन स्थगित भई आगामी २९ चैतमा हुने निर्वाचन तालिकाबमोजिम आइतबार अध्यक्षको आकांक्षी उम्मेदवारहरू गेलाल र गुरुङले आआफ्नो समूह बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । यस निर्वाचनकालागि कुल ९ सय २ जना मतदाता संख्या रहेको संघ निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ताभएपछि अहिले व्यवसायीबीच चुनावी माहोल बढेको छ । यि दुई समुहका उम्मेदवारहरु अहिले व्यवसायीक जमघट तथा भोट माग्ने दौडधुपमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।