logo

वैदेशिक रोजागार व्यवसायी संघमा अध्यक्षका प्रत्यासी उम्मेदवार गेलाल र गुरुङ समुहबीच प्रतिस्पर्धा

निर्वाचन २९ चैतमा

    636   पटक पढिएको


२२ चैत/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी उम्मेदवार नरेश गेलाल र भुवनसिंह गुरुङको समुहबचि प्रतिस्पर्धा हुने छएको छ । सो निर्वाचनकालागि अहिले यि दुवै समुहका उम्मेदवारहरु आ आफ्नो पक्षमा भोट माग्न व्यस्त छन् ।
आगामी नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्षका र एकिकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको ‘सयुक्त व्यवसायिक समूहले अध्यक्षका उम्मेदवार गेलालको समुहबाट उम्मेदवारी सार्वजनिक गरेको छ ।
काठमाडौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा ‘सयुक्त व्यवसायिक समूह’ले संघको आगामी अध्यक्षका लागि एचआर इन्टरनेशनल प्रालिका सञ्चालक नरेश गेलाल, प्रथम उपाध्यक्षमा एलायन्स हयुमन रिर्सोसका सञ्चालक सुजित कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंकका सञ्चालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआरका बैकुण्ठ बैभव पौडेल र महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका सञ्चालक कर्णराज कटुवालको उम्मेदवारी सार्जजनिक गरिएको छ ।
यसैगरी, गेलाल समुहबाट संघको सचिवमा कन्फिडेन्ट इन्टरनेशनल मेनपावरका सञ्चालक अनिल बोगटी र कोषाध्यक्षमा कालिन्चोक एचआरकी सञ्चालक धनु सिंजालीको उम्मेदवारी घोषणा गरिएको छ ।
त्यसैगरी, सो समुहबाट संघका सदस्यहरुमा माउन्टेन ग्रुपका देउमान नेम्वाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिजका चन्द्र लिम्बु, रियो ओभरसिजकी रमा खडका, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पायरका दिनेश बस्नेत, आयुस ओभरसिजका कामेश्वर साह (राहुल), सिगल ओभरसिजका छत्र बस्नेत, डेस्टिनी हयुमन रिर्सोसका युवराज देवकोटा, गल्फ एसिया मेनवारका राजेश यादवको उम्मेदवारी सार्जजनिक भएको छ ।
यसअघि कांग्रेस निकट लोकतान्त्रिक एसोशिएसनको आधिकारिक तर्फबाट अध्यक्ष्यका उम्मेदवार भुवनसिंह गुरुङको समुहले माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलमा आफ्नो १७ सदस्यीय उम्मेदवारी घोषणा गरेको थियो । सो समुहबाट अध्यक्षका प्रत्यासी उम्मेदवार गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लिका सञ्चालक हुन् ।
गुरुङको समुहबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल,द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देव खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका सञ्चालक हर्क लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । सो समुहको सचिवमा आकृति रिक्रुटिङ प्रालिका सञ्चालक कुन्छा दोर्जे दिमदोङ, कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रालिका सञ्चालक विक्रम श्रेष्ठ रहेका छन् ।
सोही समुहबाट संघको कार्यसमिति सदस्यहरुमा इम्पेरियल ओभरसिज प्रालिकी सञ्चालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुपअफ कम्पनीका सञ्चालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रालिका सञ्चालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सञ्चालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रालिका सञ्चालक सुमनराज पाण्डे, ग्लोबल एचआर हब प्रालिकी सञ्चालक गीता राउत र युनिक ओभरसिज प्रालिकी सञ्चालक तिलरूपा दाहाल, युनिभर्स एच.आर. सोलुसन प्रालिका सञ्चालक भरत सापकोटा, रिजा ओभरसिज प्रालिकी सञ्चालक रेखा शर्मा र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका सञ्चालक कृष्ण ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गुरुङ समुहको उम्मेदवारी घोषणा कार्यक्रममा मूल निर्वाचन परिचालन समितिका संयोजक तिलकबहादुर रानाभाट, प्रचारप्रसार समितिका संयोजक किरणकिशोर घिमिरे, सहसंयोजक ओम न्यौपाने, शंकर तिवारीलगायतले गुरुङ समूहको उम्मेदवारीका औचित्यबारे आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।