logo

केन्द्रीय श्रम सल्लाहकार परिषद्मा मजदुर नेता र व्यवसायी मनोनीत

    590   पटक पढिएको


१९ पुस/अर्थ र व्यापार – सरकारले केन्द्रीय श्रम सल्लाहकार परिषद्मा व्यवसायी र मजदुर नेताहरूलाई मनोनीत गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनसार केन्द्रीय श्रम सल्लाहकार परिषद् सदस्यका रूपमा रोजगारदाता र ट्रेड युनियन महासंघ प्रतिनिधि रहने प्रावधान छ ।
यसअघि ५ मंसिर २०७८ मा मनोनीत सदस्यको कार्यकाल पूरा भएसँगै मन्त्रालयले रिक्त पदमा ट्रेड युनियन र व्यवसायीका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिलाई मनोनीत गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार ट्रेड युनियन महासंघ मध्येबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र÷नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष योगेन्द्रकुमार कुँवर, नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष जगतबहादुर सिम्खडा, महिला समिति संयोजक विष्णु थापा मगर र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ महिला प्रमुख अनुमा कोइराला मनोनीत भएका छन् ।
रोजगारदातामध्येबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघ सदस्य छाया शर्मा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह र होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह मनोनीत भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।