logo

अन्तर्राष्ट्रिय उडानको भाडा घटाउन वैदेशिक रोजगार व्यवसायीको आग्रह

    662   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार – नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानको भाडा अत्यधिक बढेपछि यस विषयमा वैदेशिक रोजगार व्यवसायीहरुले सरकारसँग गुहार मागेका छन् । व्यवसायीले शुक्रबार सरकारका तीन मन्त्रीहरुलाई भेटेर हवाई भाडा वृद्धिले विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरु मारमा परेको भन्दै अस्वभाविक रुपमा बढाईएको भाडा घटाउने वातावरण बनाउन आग्रह गरेका हुन् ।
उनीहरुले परराष्ट्रमन्त्री आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर यस्तो आग्रह गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको वैदेशिक रोजगार व्यवसायी प्रतिनिधी टोलीले वायुसेवा कम्पनीहरुले त्रिभुवन विमानस्थल सञ्चालनको समय केही घण्टा घटेको बहानामा हवाई भाडा मनपरीरुपमा बढाएकाले सरकार निर्ममरुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।
सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुले जानकारी गराए अनुसार अहिले त्रिभुवन विमानस्थल ट्याक्सी वे विस्तारका कारण शुक्रबारदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत कटौती भएको छ । रातीको बेला हुने हवाई उडान कटौतीलाई कारण देखाएर वायुसेवा प्रदायक कम्पनीहरुले विभिन्न गन्तव्यको हवाई भाडा पाँच गुणासम्म बढाएका छन् । कतिपय गन्तव्यमा आवस्यक परेको बेला हवाई टिकट नै नपाइने अवस्था छ ।
अघिल्लो दिन श्रममन्त्री भण्डारीलाई भेटर हवाई भाडा घटाउन सरकारको ध्यानाकर्षण गराएका वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधीहरुले शुक्रबार हवाई भाडा घटाउन माग गर्दै परराष्ट्र मन्त्री राणा र पर्यटनमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउने क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा अस्वाभाविक रुपमा बढाइएकाले सरकारले हस्तक्षेप गर्नुपर्ने बताए ।
‘स्वदेशमा काम नपाएपछि बाध्यवस वैदेशिक रोजगारीमा जाने गरिब कामदारहरु हवाई टिकटका लागि चार गुणा बढी रकम तिर्न बाध्य भएका छन् । यस विषयमा सरकारले कडा कदम चाल्न जरुरी छ,’ थापाले भने ।
वैदेशिक रोजगार व्यवसायीहरुलाई परराष्ट्रमन्त्री राणाले भाडा वृद्धिको समस्या सुल्झाउने आश्वासन दिंदै वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि नयाँदिल्लीबाट उड्न पाउने व्यवस्था मिलाउने बताइन् । अहिले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले नेपालभित्रकै विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
पर्यटनमन्त्री पाण्डेले पनि उडान कटौतीका कारण हवाई भाडा बढेको भन्दै यो समस्या समाधानका लागि सरकारले भैरहवा र पोखरा विमानस्थलबाट उडान भर्न लगाउने बताए । श्रममन्त्री भण्डारीले जतिसक्दो छिटो त्रिभुवन विमानस्थलको विकल्पमा भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।