१८ भदौ/अर्थ र व्यापार – वैदेशिक रोजगार विभागमा बितेको एक वर्षमा ७ हजार ठगीका उजुरी दर्ता भएका छन् । विभागको तथ्याङ अनुसार दर्ता भएका ठगीका उजुरीमध्ये तीन हजार ८सय ३७ फस्र्योट भएका छन् । ती उजुरीमा ३० करोड ९३ लाख बराबरको क्षतिपूर्ति भराइएको छ ।
ठगीका ७ हजार मुद्दा मध्ये प्रहरीमा ३ हजार ४०५ उजुरी दर्ता भएका छन् भने विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ वटा उजुरी दर्ता भएका छन् । यी मध्ये ५४१ उजुरी मेलमिलापबाट टुंगाइएको छ ।
तपाईको प्रतिक्रिया