logo

श्रमाधान रोजगार मेला सम्पन्न

बाग्मती प्रदेशमा १३ हजार ९ सय ७८ जनाले दिए रोजगारीका लागि आवेदन

    664   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वदेखि पश्चिमसम्मका सातवटै प्रदेश समेटेर आयोजना गरेको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशको ललितपुरको पाटन संयुक्त क्याम्पसमा आएर सम्पन्न भएको छ ।
बाग्मती प्रदेशमा आयोजना गरेको दुईदिने श्रमाधान रोजगार मेलामा १३ हजार ९ सय ७८ जनाले रोजगारीका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । यस मेलामा रोजगारताबाट १ हजार ५ सय ५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका थिए ।

सो मेला समापन कार्यक्रममा पाटन बहुमुखी क्याम्पसका प्रमुख डा. लक्ष्मणसिंह कुँवरले नेपाली युवामा अझै पनि श्रमको महत्व नबुझेको बताए ।
विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेको कारण पनि बेरोजगारी बढेको उनले बताए । तर, मन्त्रालयले गरेको यस्तो मेलाले रोजगारीको महत्व बुझाउने बताए ।
यसैगरी, उनले मेलाले रोजगारदाता र श्रमिकको गुनासोलाई सम्बोधन गर्न सक्ने बताए । ‘यता रोजगारदाता श्रमिक पाइएन भन्छन् उता श्रमिक रोजगारी पाइएन भन्छन् । यस्ता मेला दुवै पक्षलाई एकै स्थानमा भेला गराउँदा समस्या सम्बोधन हुनेछ,’ उनले भने ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले रोजगार मेलाले नेपालमा नै रोजगारीको अवसर हुने सकारात्मक सन्देश दिएको बताए । उनले यस्तो मेला जिल्ला र पालिका तहसम्म लैजानुपर्ने बताए ।
कार्यक्रम समापनको अवसरमा श्रम मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको रोजगार मेलाका संयोजक डम्बरबहादुर सुनुवारले मेला सञ्चालनमा गर्न सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
गत १७ जेठदेखि कोशि प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा बुधबारदेखि सम्पन्न भएको हो । यस्तो मेला प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।