logo

गुणस्तरीय स्वास्थ्य परीक्षणको मापदण्ड पूरा नगर्ने ६३ स्वास्थ्य संस्था कारबाहीमा, अब कामदारको स्वास्थ्य परीक्षण गर्न पनाउने

    586   पटक पढिएको


२८ माघ/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६३ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न रोक लगाएको छ ।
श्रम मन्त्रालयले अनुगमनको क्रममा वैदेशिक रोजगारीमा जाने कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न मापदण्ड पूरा नगरेको पाईएको भन्दै ती स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षण गर्न रोक लगाएको हो ।
ती स्वास्थ्य संस्थालाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा बन्द गरिएको छ । अब यी स्वास्थ्य संस्थाले परीक्षण गरेको स्वास्थ्य रिपोर्ट फेमिसमा अपलोड गर्न पाउने छैनन् ।
श्रम मन्त्रालयले कामदारको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन भन्दै सूचीकृत स्वास्थ्य संस्थाहरूको अनुगमन गर्न टोली खटाएको थियो । अनुगमन टोलीले पेस गरेको प्रतिवेदनका आधारमा ६३ स्वास्थ्य संस्थालाई कारबाही गरेको हो । राष्ट्रिय मानवअधिकार आयोगले समेत सूचीकृत स्वास्थ्य संस्थाको प्रभावकारी अनुगमन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, ०६४ बमोजिम सूचीकृत संस्थाहरूले मात्रै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउँछन् । कारबाहीमा परेका स्वास्थ्य परीक्षण संस्थामा झापाका मंगलदीप मेडिकल एन्ड डायग्नोस्टिक सेन्टर र ओम मेडिकल डायग्नोस्टिक, काठमाडौंका अरुण मेडिकल सेन्टर, बुद्ध इन्टरनेसनल मेडिकल सेन्टर, इवन मेडिकल सेन्टर, वर्ल्डवाइड मेडिकल सेन्टर, हिमाल इन्टरनेसनल मेडिकल सेन्टर, युनिकन मेडिकल सेन्टर, युनिकन हेल्थ केयर सेन्टर, ओस्कार मेडिकल सेन्टर र ट्यालेन्ट मेडिकल एन्ड डायग्नोस्टिक सेन्टर रहेको श्रम मन्त्रालयले जनाएको छ ।
काठमाडौंमै खोलिएको सान हेल्थ केयर सेन्टर, सुनगाभा पोलिक्लिनिक, एसियन प्लस मेडिकल सेन्टर, भानु मेमोरियल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, जलविनायक मेडिकल सेन्टर, फ्रेन्डसिप हेल्थ केयर सेन्टर, युनाइटेट डायग्नोस्टिक सेन्टर, श्रीकुन्ता पोलिक्लिनिक एन्ड हेल्थ केयर सेन्टर, पीके डायग्नोस्टिक सेन्टर, अकबर मेडिकल, पूजा मेडिकल डायग्नोस्टिक सेन्टर, फ्युजन स्वास्थ्य क्लिनिक, सिटी टप मेडिकल सेन्टर, मेरापिक मेडिकल सेन्टर, आशीर्वाद स्वास्थ्य सेवा क्लिनिक, सिद्धकाली मेडिकल सेन्टर र छाब्दी बाराही मेडिकल सेन्टरले पनि परीक्षण गर्न पाउने छैनन ।
काठमाडौंकै धौलागिरी हेल्थ केयर सेन्टर, हेल्दी लाइफ इन्टरनेसनल मेडिकल सेन्टर, साइबाबा मेडिकल सेन्टर, नवदुर्गा पोलिक्लिनिक, सिजन्स मेडिकल सेन्टर, नेपाल सिद्धार्थ सदन क्लिनिक, क्युरेक्स डायग्नोस्टिक सेन्टर, डायमन्ड हेल्थ केयर सेन्टर, ओमसिद्धि पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर, यूभी स्वास्थ्य क्लिनिक, ब्राइट मेडिकल सेन्टर, जानकी इन्टरनेसनल मेडिकल सेन्टर, नेपाल जनता डायग्नोस्टिक सेन्टर, रिजा मेडिकल एन्ड डायग्नोस्टिक सेन्टर, संपृप्ति मेडिकल सेन्टर, कुण्डलिनी डायग्नोस्टिक सेन्टर, हेल्पिङ हेल्थ पोलिक्लिनिक र माउन्ट एभरेस्ट डायग्नोस्टिक एन्ड मेडिकल सेन्टरले पनि परीक्षण गर्न नपाउने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जानकारी गराए अनुसार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, रोज इन्टरनेसनल मेडिकल सर्भिसेज र गोल्डेनगेट पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रालिले भने श्रम मन्त्रालयमा नवीकरणको निवेदन दर्ता गरेका छैनन ।
श्रम मन्त्रालयले ललितपुरस्थित प्याराडाइज इन्टरनेसलन मेडिकल सेन्टर, धनुषाका जीवनदीप मेडिकल एन्ड पोलिक्लिनिक सेन्टर, रिलिफ मेडिकेयर सेन्टर र माँ जानकी इन्टरनेसनल मेडिकल सेन्टरलाई पनि कारबाही गरेको छ । सुनसरीस्थित पाथीभरा मेडिकल सेन्टर, बुद्ध साई डायग्नोस्टिक सेन्टर, समाज कल्याण पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, सनसाइन मेडिकल एन्ड डायग्नोस्टिक सेन्टर, आविदा इन्टरनेसनल मेडिकल सेन्टर र कान्तिपुर डायग्नोस्टिक एन्ड मेडिकल सेन्टर पनि कारबाहीमा परेका छन।
पोखराको सनसाइन हेल्थ केयर सेन्टर, बाँकेको नेपालगन्ज पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर र एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरलाई पनि कारबाही गरिएको छ । कारबाही गरिएका स्वास्थ्य संस्थालाई मलेसिया, साउदी अरब र कतारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति थिएन । मलेसिया, साउदी अरब र कतारले प्रभावकारी स्वास्थ्य परीक्षण गर्न भन्दै सूचीकृत स्वास्थ्य संस्थामध्ये छानेका छन।
मलेसियाका लागि ३६, साउदी अरब (गाम्का) का लागि १९ र कतारले कतार भिसा सेन्टरमार्फत स्वास्थ्य परीक्षण गर्दै आएको छ । यी संस्थाबाट स्वास्थ्य परीक्षण गरेपछि मात्रै ति देसहरुमा भिसा प्रक्रिया अगाडि बढ्छ । मलेसिया र गाम्का नेपाल आबद्ध मेडिकलको अनुगमन गर्न सम्बन्धित देशबाट पनि टोली आउने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।