logo

सिप बिल्डिङकालाई उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी गराउन आवेदन खुल्यो, १६ देखि १८ पुससम्म आवेदन दिन सकिने

    736   पटक पढिएको


१५ पुस/अर्थ र व्यापार – इपीएस कोरिया शाखाले पानीजहाज निर्माण (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षामा सहभागी गराउन आवेदन खुला गरेको छ ।
शुक्रबार उच्च अदालतले उत्पादनमूलक क्षेत्रमा जान सिप बिल्डिङमा भाषा परीक्षा दिएकाहरूलाई पनि सहभागी गराउन आदेश दिएपछि इपिएस कोरिया शाखाले उनीहरुका लागि आवेदन खुला गरेको हो।
इपिएस कोरिया शाखाले सूचना प्रकाशन गरि सिप बिल्डिङका परीक्षार्थीहरूलाई पनि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सहभागी हुन आवेदन दिन यस्तो सुचना जारी गरेको हो । यो पछिल्लो सूचना अनुसार अब उनीहरूले आगामी पुस देखि १८ पुससम्म आवेदन दिन सक्ने छन् ।
गत साउनमा भएको सिप बिल्डिङतर्फको परीक्षार्थीले मात्र आवेदन दिन पाउनेछन्। अन्यको आवेदन भने रद्द हुने इपिएस कोरिया शाखाले जनाएको छ ।
यसअघि एउटै परीक्षार्थी एकै आर्थिक वर्षमा सञ्चालित एकभन्दा बढी परीक्षार्थीमा सहभागी हुन नपाउने भनेपछि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सिप बिल्डिङतर्फको परीक्षार्थीलाई सहभागी नगराउने भनिएको थियो।
त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए । गत ५ पुसमा भएको सुनुवाइमा उच्च अदालतले ती १८ जनालाई मात्र परिक्षामा सहभागी हुन दिन आदेश गरेको थियो। १८ जनामात्रै परीक्षामा सहभागी हुन पाउने भएपछि परीक्षा दिन नपाउनेहरू शुक्रबार बालकुमारीमा आन्दोलित भएका थिए । सो आन्दोलनमा दुई जनाको मृत्यु समेत भएको थियो।
१८ जनालाई मात्र जान दिने आदेशविरूद्ध १२ पुसमा नै उच्च अदालतमा अर्को रिट परेको थियो । शुक्रबार सो रिटको सुनुवाइ गर्दै उच्च अदालतले सिप बिल्डिङको परीक्षामा सहभागी भएकाहरूलाई पनि उत्पादनमूलक क्षेत्रतर्फको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो। सोही आदेशपछि अहिले इपिएस कोरिया शाखाले सबैलाई परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।