logo

सामाजिक सुरक्षा कोषको सुविधा अव देशभरका ७१ अस्पतालबाट 

    209   पटक पढिएको

 

४ पुस /अर्थ र व्यापार –  योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी कोषले देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।

सामाजिक सुरक्षा कोषसँग सम्झौता भएका अस्पतालअन्र्तगत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । 

 यसैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले  तोकिएको सिमाभित्र रही कुनै पनि भुक्तानी गर्नुपर्ने छैन । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेस प्रदेशका १२, बागमती प्रदेशका २८, गण्डकी प्रदेशका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी कोषको प्रणालीसँग जोडिएका ७१ वटा अस्पतालहरुमा कोषको परिचय पत्र देखाएर स्वास्थ्य सुविधा दिन सक्ने सो कोषले जनाएको छ ।

कोषका अनुसार २०७९ सालको १ फागुन यता देशभरका विभिन्न स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका छन् । जसमध्ये हालसम्म ७१ वटा अस्पतालबाट  औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानहरुमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ । आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ ।

यि हुन सम्झौता भएका ७१ अस्पतालहरु

कोशी प्रदेश

१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा २. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– बिर्तामोड, झापा ३. आम्दा मेची अस्पताल,धुलाबारी झापा ४. लाइफ लाइन अस्पताल ,दमक झापा ५.आम्दा अस्पताल ,दमक झापा ६.अरनिको हस्पिटल प्रा.ली,उर्लाबारी मोरंग ७. न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल , बिराटनगर,मोरंग ८. रामलाल गोल्छा आँखा अस्पताल,हाम्रो अस्पताल– विराटनगर, मोरङ ९.मोरङ सहकारी अस्पताल– सोमबारे हाट, विराटनगर, मोरङ १०.हाम्रो अस्पताल प्रा.ली बिराटनगर मोरंग ११. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल– विराटनगर, मोरङ १२. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– टंकिसिनुवारी, विराटनगर १३.पशुपति मोडेल हस्पिटल प्रा.ली  इटहरी १४. इटहरी ग्लावल आइ हस्पिटल प्रा.ली इटहरी,१५.ओखलढुंगा सामुदायिक अस्पताल– ओखलढुंगा

मधेस प्रदेश

१६.छिन्नमस्ता अस्पताल,राजविराज सप्तरी१७.जानकी हेल्थ केयर– जनकपुर, धनुषा १८. शुभ स्वस्तिक अस्पताल– बर्दिबास, महोत्तरी१९. नमुना सामुदायिक अस्पताल– हरिवन, सर्लाही२०.स्पर्स अस्पताल– वीरगन्ज, पर्सा२१. वीरगन्ज हेल्थ केयर अस्पताल– वीरगन्ज, पर्सा२२. नेसनल मेडिकल कलेज– वीरगन्ज, पर्सा२३. गण्डक अस्पताल– वीरगन्ज, पर्सा२४.प्रभु अस्पताल , वीरगंज२५. किरण आँखा अस्पताल– वीरगन्ज, पर्सा२६.वीरगंज दृष्टि आँखा अस्पताल ,वीरगंज पर्सा२७.एल.एस न्युरो एण्ड जनरल हस्पिटल,बारा

बाराबाग्मति प्रदेश

२८. चुरेहिल अस्पताल प्रा.ली ,हेटौडा मकवानपुर २९.मकवानपुर सहकारी अस्पताल,हेटौडा ३०.कलेज अफ मेडिकल साइन्स पुरानो मेडिकल कलेज ,भरतपुर १० ३१. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल– भरतपुर, चितवन३२.मनकामना अस्पताल,भरतपुर १० ३३. शिर मेमोरियल अस्पताल– बनेपा, काभ्रे ३४.धुलीखेल अस्पताल,काभ्रे ३५. वीर अस्पताल– काठमाडौं ३६.राष्ट्रिय ट्रमा सेन्टर ,काठमाडौँ ३७. त्रिवि शिक्षण अस्पताल– महाराजगन्ज, काठमाडौं ३८.सहिद गंगागाल राष्ट्रिय मुटु केन्द्र,महाराजगञ्ज काठमाडौ ३९. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल– चाबहिल, काठमाडौं ४०. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल– स्वयम्भू, काठमाडौं ४१. काठमाडौं मेडिकल कलेज (केएमसी)– सिनामंगल, काठमाडौं ४२. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल– जोरपाटी, काठमाडौं ४३. शंकरापुर अस्पताल– गोकर्णेश्वर, काठमाडौं ४४.नेपाल मेडिकल कलेज प्रा.ली जोरपाटि अत्तरखेल ४५. एभरेस्ट अस्पताल– नयाँ बानेश्वर, काठमाडौं ४६. तिलगंगा आँखा अस्पताल– तिलगंगा, काठमाडौं ४७. दृष्टि आई केयर– कलंकी, काठमाडौं ४८.ए.एस.जी आँखा अस्पताल ,नयाँबानेश्वर ,काठमाडौँ ४९. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल– सोह्रखुट्टे, काठमाडौं ५०. फ्रन्टलाइन हस्पिटल– पुरानो बानेश्वर, काठमाडौं ५१. ओम अस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली चाबहील काठमाडौँ ५२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)– ललितपुर ५३.मेघा अस्पताल प्रा.ली.धोबिघाट काठमाडौँ ५४.किस्ट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल,इमाडोल ललितपुर ५५. काठमाडौं क्यान्सर सेन्टर– ताथली, भक्तपुर

गण्डकी प्रदेश

५६.देवचुली अस्पताल ,नवलपुर ५७. ग्यालेक्सी अस्पताल– पोखरा, कास्की५८. चरक मेमोरियल अस्पताल– पोखरा, कास्की ५९.मणीपाल टिचिङ्ग अस्पताल,पोखरा,कास्की६०.गण्डकी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल,पोखरा कास्की ६१.फेवा सिटि अस्पताल ,पोखरा कास्की ६२.दृष्टि आँखा अस्पताल प्रा.ली ,पोखरा कास्की ६३.मेडिप्लस अस्पताल रानीपौवा , पोखरा कास्की

लुम्बिनी प्रदेश

६४. युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा, रुपन्देही६५.सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा६६. गौतमबुद्ध मुटु अस्पताल– बुटवल, रुपन्देही६७.सिद्धार्थ बाल तथा महिला ( आम्दा) अस्पताल ,बुटवल६८.क्रिमसन अस्पताल , त्तिलोतमा , रुपन्देही६९. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)– नेपालगंज७०. लर्डबुद्ध एजुकेसनल एकेडेमी लि. (नेपालगन्ज मेडिकल कलेज)– कोहलपुर , बाँके७१. मितेरी अस्पताल,घोराही दाङ

सामाजिक सुरक्षा कोषबाट के–कस्ता सुविधा पाइन्छन् ?

(क) औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना (१ प्रतिशत)

१. योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष १ लाख रुपैयाँसम्मको उपचार खर्च ।२. तीन महिनासम्मको शिशुको उपचार खर्च ।३. १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च ।४. योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १५,०००) बराबरको शिशु स्याहार खर्च ।५. महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम ।६. योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम ।

(ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजना (१.४ प्रतिशत)

१. कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च ।२. अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च ।३. कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा(अ) स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)(आ) अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत ।(इ) स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

(ग) आश्रित परिवार सुरक्षा योजना (०.२७ प्रतिशत)

१. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउने । २. मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउने । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने । ३. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था) ४. अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने । ५. योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ रु. २५ हजार आश्रित परिवारले पाउने ।

(घ) वृद्ध अवस्था सुरक्षा योजना१. निवृत्तभरण योजना (२० प्रतिशत)

(अ) योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण । (मुद्रास्फीति समायोजनको व्यवस्था) (आ) निवृत्तभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउने ।

२. अवकास सुविधा योजना (८.३३ प्रतिशत अनिवार्य र स्वेच्छिक) 

(अ) अन्य अवकास कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने । (आ) योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्ने ।(इ) सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने ।(ई) रोजगारीको अन्त्य हुँदा वा अवकास हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने । (उ) योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने ।

यस्तो छ कर छुट सुविधा

१. करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउने व्यवस्था यस कोषले गरिदिएको छ । २. कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।