logo

नेपाली श्रमिकका समस्यामा केन्द्रित हुन राजदूतहरुलाई प्रधानमन्त्रीको निर्देशन, आर्थिक कूटनीतिलाई पनि प्राथमिकतामा राखौं

    826   पटक पढिएको


२६ भदौ/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजदूतहरूलाई आफ्ना श्रमिकको हितमा काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूतलाई काठमाडौंमा बोलाएर नेपाली श्रमिकका समस्याबारे ब्रिफिङ गर्न लगाई समस्या समाधानमा केन्द्रीत हुन निर्देशन दिएका हुन्।
‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले ठगीमा पर्ने, समयमै उद्धार हुन नसक्ने र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्ने लगायत समस्या सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय हो’ प्रधानमन्त्री दाहालले मंगलबार राजदूतहरुसँगको छलफल समापनको क्रममा भने ।
कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कूटनीतिक नियोगले गुनासो सुनुवाइ गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न सबै राजदुतहरु गम्भीर हुनुपर्छ भन्दै उनले भने, ‘म परराष्ट्र मन्त्रालय, राजदूत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायलाई नेपालीको हकहितका लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु।’

यसैगरी, प्रधानमन्त्री दाहालले विभिन्न देशसँग भएका श्रम सम्झौता पुनरावलोकनलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई निर्देशन दिए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवालाई सूचना प्रविधिमा आधारित बनाउन निर्देशन दिए ।
दुईपक्षीय श्रम सम्झौता पुनरावलोकन र बिस्तार, मागपत्रको प्रमाणीकरण, कानुनी प्रतिरक्षा, घरेलु कामदारसँग सम्बन्धित समस्याको सम्बोधन लगायत विषयमा तत्काल कार्ययोजना बनाई काम गर्न निर्देशन दिँदै दाहालले देशको अर्थतन्त्र केही वर्षयता वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट धानिंदै आएको बताए ।
गत आर्थिक वर्ष ७ लाख ७५ हजार युवा वैदेशिक रोजगारीमा गएको र नेपाली श्रमिकले गतवर्ष १२ खर्ब २० अर्ब रेमिट्यान्स पठाएको जानकारी गराउँदै उनले आर्थिक कुटनीतिलाई प्राथमिकतामा राख्न पनि राजदूतहरुलाई निर्देशन दिए ।

मुलुकको समृद्धिमा योगदान हुनेगरी बाह्य लगानी अभिवृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत रोजगारदाता गन्तब्यमुलुकमा कार्यरत नेपाली राजदुतहरूले पर्याप्त ध्यान दिनुपर्नेमा जोडदिँदै दाहालले भने, ‘नेपालमा पर्यटन विकासमा प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले यसको पर्याप्त लाभ लिन सकेका छैनौं। तसर्थ विदेशी पर्यटकको आगमन वृद्धिका लागि नेपालको पर्यटन प्रवर्धन गर्ने कार्यमा समेत तपाइँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।’
सोमबारदेखि काठमाडौमा भएको सो छलफलमा उठेका विषयलाई समेटेर कार्य सम्पादन सूचक तयार गरी कार्य सम्पादन सम्झौता गर्ने प्रबन्ध मिलाउन उनले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । दूतावासमा साधनस्रोतको अभाव भएको गुनासोलाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै उनले आगामी दिनमा नेपाली कामदारले विदेशी भूमिका कुनै अप्ठ्यारो नहुने किसिमिले कुटनीतिक सम्वन्ध बढाउन सबै राजदुतहरुलाई निर्देशन गरे ।

सरकारले पहिलोपटक विभिन्न देसमा कार्यरत नेपाली राजदूतहरूलाई काठमाडौंमा बोलाएर नेपाली श्रमिकका समस्याबारे छलफल गरेको हो । सो छलफलमा सोमबार कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत विभिन्न १३ देशका राजदूतहरुले नेपाली श्रमिकको अवस्थाबारे आ आफ्ना प्रस्तुति गरेका थिए ।
सो छलफलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरत गौतम, ओमानका डोरनाथ अर्याल, जर्मनीका रामकाजी खड्का, जापानका दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरियाका ज्योति प्याकुरेल, मलेसियाका डिल्लीराज पौडेल, कतारका नरेशविक्रम ढकाल, बहराइनका तीर्थराज वाग्ले, कुवेतका घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स (युएई)का तेजबहादुर क्षत्री र साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदीले नेपाली श्रमिकले भोगिरहेका समस्याबारे प्रस्तुति गरेका थिए ।

राजदूतहरुले देश नै पिच्छे अलग अलग समस्या रहेको सुनाएका थिए । विदेशमा रहेका कतिपय नेपाली श्रमिकको अवस्था दयनीय रहेको भन्दै श्रम स्वीकृतिमा कडाइ गर्नुपर्ने कतिपय राजदूतको भनाइ थियो । कतिपयले राजदुतहरुले भने श्रमिकका गुनासा सम्बोधनका लागि दूतावासमा जनशक्ति बढाउनुपर्ने माग गरेका थिए ।
यसैगरी, छलफलमा सहभागी राजदूतहरुले नेपाल श्रमिकलाई सीप सिकाएर पठाउनुपर्नेमा पनि जोड दिएका थिए । सीपविना पुगेका श्रमिकले बढ्ता समस्या झेलिरहेको भन्दै उनीहरुले यो विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।