logo

थप ७१ देशमा वैदेशिक रोजगारी खुलाउने सरकारको तयारी, श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा सम्बोधन हुन्छः श्रममन्त्री भण्डारी

    779   पटक पढिएको

२३ जेठ/अर्थ र व्यापार – सरकारले हाल नेपाली कामदार पठाउन खुल्ला गरिएका १११ वटा मुलुकहरु भन्दा थप ७१ देशमा वैदेशिक रोजगारी खुलाउने तयारी गरेको छ । जसकालागि द्विपक्षीय सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिले रोक लगाईएको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्ने गृहकार्य गरिरहेको छ । भावी योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपाली कामदारले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएर जान पाउने मन्त्रालयले जनाएको छ ।
सरकारले नयाँ श्रम गन्तब्य मुलुक खुला गरेपनि सबै देशबाट नेपाली कामदारको माग आउने सुनिश्चित भने छैन । तर, कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारको तयारी छ ।
 मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो जानकारि दिएका हुन । उनले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको बताए । मन्त्री भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताए ।
यसैगरि, मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिने काम अघि बढेको जानकारी दिए ।
अहिले मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको जानकारि गराउँदै सचिव अर्यालले भने, ‘ विगतका जस्तो अवस्था अहिले इराकमा छैन, इराकमा पुननिर्माणको कामहरु भइरहेका छन् र त्यहाँबाट नेपाली श्रमिकको माग छ, हाल इराकको अवस्था मूल्यांकन गर्नुपर्छ ।’
सचिव अर्यालले जहाँ–जहाँ दौत्य सम्बन्ध कायम भएका छन्, तीब सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने बताए । नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ ।
तर, वैदेशिक रोजगारीका लागि हाल कुल १११ वटा देश मात्र खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ । आन्तरिक गृहयुद्धमा फसेका यी देशहरुमा पनि अब विस्तारै नेपाली कामदार पठाउने गृहकार्यमा सरकार लागिपरेको उनले बताए ।
सरकारी घोषणा अनुसार वैदेशिक रोजगारी खुला गरेमा यी सहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइने देशका रुपमा सूचीकृत हुने मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दहालले सबै क्षेत्रका ठगीसम्बन्धी विषय विभागसँग जोडेर हेर्ने प्रवृत्तिले पनि यस क्षेत्रलाई थप बदनाम तुल्याएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।