२८ वैशाख/अर्थ र व्यापार – सरकारले वैदेशिक रोजगारीमा जाने कामदार छनोट गर्नका लागि श्रमिककको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्न सकिने उल्लेख छ ।
सोही दिन विज्ञापन प्रकाशित भएको जानकारी भने वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । हाल राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था छ ।
नयाँ व्यवस्थाले श्रमिकहरु कामदार मागबारेका सूचना लिन प्रत्यक कम्पनीको बेबसाइटमा पुग्नुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ । कम्पनीको वेबसाइटपोर्टलहरु खोज्न नसक्ने श्रमिकहरु सूचनाबाट नै वञ्चित हुने गरी सरकारले पत्रकिामा सूचना प्रकाशित गर्नुनपर्ने गरी नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।
तपाईको प्रतिक्रिया