logo

विदेशका नेपालीलाई सामाजिक सुरक्षामा आवद्ध गराउन विशेष अभिमुखीकरण कार्यक्रम

    459   पटक पढिएको


६ बैशाख/ अर्थ र व्यापार – गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एनआरएनका कार्यकारी अध्यक्ष डा बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेकोमा आभार व्यक्त गरे ।
योजनाको सफलताका लागि सामाजिक सुरक्षा कोषको केही रकम रोजगारदातालाई पनि तिर्न लगाउनुपर्नेमा उनले जोड दिए । योजना सुरुवात हुनु सकारात्मक भएपनि त्यसमा परिमार्जन आवश्यक भएको उनको भनाई थियो ।
सरकारको योजनालाई सफल बनाउन एनआरएनले पहलकदमी लिने र आफ्नो जिम्मेवारी ठानेर सबै श्रमिकलाई पनि योजनामा सहभागी गराउने उनले बताए ।
एनआरएनएका अध्यक्ष कुल आचार्यले सबै वैदेशिक रोजगारीमा रहेकाहरुलाई योजनामा जोड्न देशै पिच्छे अभियान चलाउन आवश्यक रहेको र त्यसका लागि एनआरएनएले सरकारसँग प्रत्यक्ष रुपमा सहकार्य गर्ने बताए ।
सामाजिक सुरक्षा कोषको योजना सरकारको मात्रै नभई एनआएनएले सन् २०११ देखि उठाउँदै आएको एजेण्डा पनि भएकोले संसारभर रहेका नेपाली श्रमिकको सपना पूरा भएको जिकिर गर्दै उनले उक्त योजनालाई सफल बनाउनु जिम्मेवारी र कर्तव्य समेत भएको उल्लेख गरे ।

संघका उपाध्यक्ष डा हेमराज शर्माले मध्यपूर्वमा मात्रै नभई यूरोपका विभिन्न देशमा श्रम स्वीकृतिबिनै गएका नेपाली श्रमिकहरुको संख्या बढ्दो क्रममा रहेको स्मरण गराउँदै श्रम स्वीकृतिबिनै गएका श्रमिकको हकमा योजनाले के गर्छ ? भन्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिए । एनआरएनको संयन्त्रले मात्रै उक्त योजना लागू गर्न कठिन हुने भएकोले नेपाल सरकारको सम्पूर्ण संयन्त्रले काम गर्नुपर्ने उनको धारणा थियो । श्रमिक सबैलाई योजनाबारे बुझाउन ढिलाई गर्नु नहुनेमा उनले जोड दिए ।
संघका उपाध्यक्ष, आर के शर्माले मध्यपूर्वका सबै श्रमिक प्रविधिमैत्री वातावरणमा नभएको भन्दै गन्तव्य मुलुकमै पुगेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । श्रमिकहरु माझमा सामाजिक सञ्जालदेखि अन्य विभिन्न माध्यमबाट पुग्नुपर्नेमा उनले जोड दिए ।
नीतिमा कतिपय विषय स्पष्ट नभएको भन्दै शर्माले प्रष्ट व्याख्या गर्नुपर्नेमा जोड दिए । यस्तै, शर्माले कोषमा आबद्ध हुन श्रमिकहरुलाई विशेष आग्रह गरे । रेमिट्यान्स, पोर्टफोलियो व्यवस्थापन लगायतका विषयमा पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने प्रावधान ल्याएसँगै बहुसंख्यक श्रमिकलाई उक्त योजनामा समेट्न अभिमुखीकरण कार्यक्रम अति आवश्यक रहेको उनले बताए ।
संघका अर्का उपाध्यक्ष डिबी क्षेत्रीले लाखौँ नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कोषले सुरु गरेको योजनालाई गैरआवासीय नेपाली संघले प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाए । असहाय अशक्त हुँदा र मृत्युपर्यन्त पनि यस योजनाले प्रतिफल दिने भन्दै क्षेत्रीले यस योजनामार्फत श्रमिकहरुलाई समेट्नु सरकारको सकारात्मक कदम भएको र त्यसमा एनआरएनएको सहकार्य रहने उनको भनाई थियो ।

कार्यक्रममा सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत् सहभागितामुलक योजना बनाउनुपर्नेमा जोड दिए । उक्त योजना भर्खरै सुरुवात भएकोले वास्तविक श्रमिकमैत्री बनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
सरकारको काम नीतिगत रुपमा हुने भएकाले एनआरएनएले प्रत्यक्ष रुपमा श्रमिकसँग जोडिन सरकारसँग सहकार्य गर्न सक्ने भएकाले मिलेर अघि बढ्न उनले आग्रह गरे । सामाजिक सुरक्षा योजनालाई सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
श्रम स्वीकृति लिएका वा नलिएका सबैलाई नेपालीलाई कानूनी दायरामा ल्याउन सरकारले विशेष पहल सुरु गर्ने मन्त्री भण्डारीले बताए । त्यसका लागि एनआरएनएसँगको सहकार्य महत्वपूर्ण हुने उनको भनाई थियो । श्रमिकको सुरक्षा र उनीहरुको श्रमको सम्मानका लागि पनि सरकारले सरोकारवाला र गन्तव्य मुलुकका सरकारसँग संवाद गरेर अघि बढ्ने उनले बताए । योजनाको फाइदाबारे सबैलाई बुझाउन जरुरी रहेको मन्त्री भण्डारीले बताए । पूँजी, प्रविधि र ज्ञान भित्र्याउन मन्त्रालय सकारात्मक रहेको भण्डारीको भनाई थियो ।

कोषका  प्रमुख कार्यकारी निर्देश कपिलमणी ज्ञवालीले सुरक्षा कोषको फाइदाबारे प्रष्ट पारे । अभिमुखीकरणका लागि निरन्तर कार्यक्रम, अनलाइन कक्षा, २४ घण्टे कल सेन्टरसहित एनआरएनएको सञ्जालसहित बैंकिङ च्यानललाई प्रयोग गर्ने उनले बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता लगायतका नीतिगत र सरकारी प्रक्रियागत कामहरु सुरु भएको बताए । कार्यविधि कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र उल्झनलाई क्रमशः समाधान गर्दै जाने उनको भनाई थियो ।
आगामी दिनमा गन्तव्य मुलुकमा एनआरएनएकै सञ्जाल प्रयोग गरेर बृहत् रुपमा योजना अघि बढाउने र त्यसमा सरकारले हातेमालो गर्ने उनको भनाई थियो । कार्यक्रममा कोषले तयार पारेको विशेष प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा विभिन्न देशबाट नेपाली श्रमिक तथा अन्य गैरआवासीय अभियन्ताहरु जोडिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।