logo

क्षमता अभिवृद्धि तालिमले सेवा प्रभावकारी हुन्छ: वैदेशिक रोजगार व्यवसायी संघ

    630   पटक पढिएको


६ बैशाख/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दुई दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमले म्यानपावर कम्पनीहरूले प्रदान गर्ने सेवामा प्रभावकारिता देखिने बताएको छ ।
वैदेशिक रोजगार व्यवस्थापन बोर्डले संघको समन्वयमा व्यवसायीहरूका लागि गत आइतबार र सोमबार काठमाडौमा दुई दिने क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । सो तालिममा सहभागी संघका व्यवसायीहरुले यस्तो बताएका हुन ।
संघका महासचिव मेघनाथ भुर्तेलले दुई दिनमा ८ सय ८० व्यवसायीमध्ये तालिममा ७ सय ५० जना भन्दा बढि सहभागी भएको बताए ।
बजार प्रवद्र्धनका लागि मुलुक बाहिर गएका र काम विशेषले उपत्यका बाहिर गएका बाहेक सबैजसो व्यवसायी कार्यक्रममा सहभागी भएको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आइतबार उद्घाटन गरेको कार्यक्रम सोमबार समापन गरिएको थियो ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले दैनिक रूपमा झेलिरहेका समस्या र आगामी दिनमा वैदेशिक रोजगारलाई समय सापेक्ष बनाउँदै रोजगार आकांक्षी युवायुवतीलाई कसरी सहज रूपमा सेवा दिने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको पनि महासचिव भुर्तेलले जानकारी दिए ।
छलफललाई प्रभावकारी बनाउन मन्त्री शरतसिंह भण्डारी सहित मन्त्रालयका सचिव एकनारायण अर्याल,बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेती, वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, वैदेशिक रोजगार काठमाडौं कार्यालयकी प्रमुख पार्वती अर्यालले उल्लेख्य भूमिका निर्वाह गरेको संघले बताएको छ ।

प्रशिक्षकका रूपमा मन्त्रालयका सहसचिव राजिव पोखरेल, विभागका पूर्व महानिर्देशक तथा हाल गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाल, बोर्डका निर्देशक राजन पौडेल, रमा भट्टराई, सीता दुवाडी लगायतको भूमिका अविस्मरीय रहेको संघले उल्लेख गरेको छ । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, विभिन्न घटक संस्थाका अध्यक्षसहित व्यवसायीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।