logo

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो,अब श्रम स्वीकृतिकालागि नेपाल आइरहन नपर्ने

    177   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । जसका कारण अब श्रम स्वीकृतिकालागि भनेर विभिन्न मुलुकमा काम गर्न पुगेका नेपाली कामदार नेपाल आइरहनुपर्ने छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको जनाएको छ । मन्त्रालयका अनुसार अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति÷रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ ।
अब सोही आधारमा श्रम स्वीकृति दिइने व्यवस्था गरिएको छ । यो नयाँ व्यवस्था लागू भएपछि वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनुपर्ने बाध्यता हट्ने छ ।
विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ ।
मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने छैन । अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।
जसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालकाो खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको प्रवक्ता एवं सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।