logo

व्यवसायीद्धारा सेवा शुल्कबापत प्राप्त रकमको विवरण माग स्थगित गर्न विभागलाई आग्रह

    1140   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार – वैदेशिक रोजगार व्यवसायीहरुले विदेश जानेबेलामा नेपाली कामदारले बुझाएको सेवा शुल्कबापत प्राप्त रकमको विवरण माग स्थगित गर्न वैदेशिक रोजगार विभागलाई आग्रह गरेका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वच्छ एवं न्यायोचित भर्ना प्रणालीबाट वैदेशिक रोजगारीमा पठाएका कामदार तथा सेवा शुल्कबापत प्राप्त रकमको विवरण माग गर्ने कार्य स्थगित गर्न वैदेशिक रोजगार विभागलाई औपचारिक रुपमा यस्तो आग्रह गरेको हो ।
विभागले केहीदिनअघि स्वच्छ एवं मर्यादित भर्ना प्रक्रियामार्फत नेपाली कामदार पठाउने म्यानपावर कम्पनीलाई प्रोत्साहित गर्ने भन्दै कामदारको संख्यासहित प्राप्त सेवा शुल्कको विवरण समेत पठाउन संघमार्फत व्यवसायीलाई आग्रह गरेको थियो ।
वैदेशिक रोजगार विभागको व्यवसायीको यस्तो पत्रपछि वैदेशिक रोजगार व्यवसायीहरूले यसबारेमा विभिन्न कोणबाट छलफल गरिरहेका थिए ।
सो छलफलपछिको निष्कर्षमा आइतबार वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी तथा कार्यसमितिसहितको छलफलबाट विभागलाई विवरण नबुझाउने विषयको औपचारिक पत्र पठाउने निर्यण गरेको थियो ।
सो निर्णयपछि आइतबार नै विभागमा पत्र दर्ता गराएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । यसअघि गत शुक्रबार नै विज्ञप्ति जारी गर्दै संघले विवरण पठाउने विषयमा थप छलफल आवश्यक रहेको बताएको थियो ।
विभागले मुख्यगरी मलेसिया कामदार पठाएका म्यानपावर कम्पनीहरूलाई लक्षित गरी उनीहरूले स्वच्छ एवं न्यायोचित भर्ना प्रणालीबाट कामदार पठाएको देश, गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको हालसम्मको विवरण र कामदार पठाएर रोजगारदाताबाट म्यानपावर कम्पनीले शोधभर्ना बापत पाएको रकमको विवरण समेत पठाउन आग्रह गरेको थियो ।

महासचिव भुर्तेलले २०७२ सालको २१ असारमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सूरक्षा राज्यमन्त्रीस्तरीय निर्णयले लागू गरिएको फ्रि भिसा, फ्रि टिकट तथा शून्य लागतको निर्णयमा संघ नीतिगत रूपमा हालसम्म पनि असहमत रहेको भन्दै नेपाल सरकारले बिना अध्ययन एक पक्षीय रूपमा फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउनुपर्ने भनी सिर्जना गरेको बाध्यात्मक अवस्थाको अन्त्य नगरेसम्म सरकारसँग त्यस विषयमा समन्वय र सहकार्य हुन नसक्ने बताए ।
श्रम मन्त्रालयले फ्रि भिसा, फ्रि टिकट तथा शून्य लागतको निर्णय कार्यान्वयन गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग गरेको सहमतिसमेत हालसम्म कार्यान्वयन नगरेको र पछि नेपालका गन्तव्य मुलुकहरूसँग गरेका श्रम सम्झौतामार्फत पनि फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउन पाउने व्यवस्थाको प्रत्याभूति नगरेको अवस्थामा व्यवसायीसँग विवरण माग गर्नुको औचित्य नरहेको संघको दाबी छ ।
वैदेशिक रोजगार विभागले माग गरेको विवरण हरेक आर्थिक वर्षको अन्त्यमा व्यवसायीले वैदेशिक रोजगार विभागमा बुझाउने गरेको र आवश्यक विवरण विभागमा नै हुने भएकाले व्यवसायीसँग माग गर्नुको अर्थ नभएको भन्दै संघले सोही व्यहोराको पत्र विभागलाई पठाएको जनाएको छ ।
यसैगरि, विभागले वैदेशिक रोजगारीका लागि दर्ता म्यानपावर कम्पनीलाई स्वच्छ एवं न्यायोचित भर्ना प्रणालीमा सूचीकृत हुन धेरै अघिदेखि आग्रह गर्दै आएको बताएको छ । म्यानपावर कम्पनीहरू सो प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारीमा जाने कामदारहरु जोखिम एवं आर्थिक शोषणमा समेत पर्ने गरेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।