logo

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुँदै

अध्यक्षमा गुरुङ, खनाल, भण्डारी र जिसीको समुह प्रतिस्पर्धामा

    232   पटक पढिएको

६ माघ/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ । शुक्रबार बिहान ८ बजेबाट संघको २९ औं वार्षिक साधारण सभा उट्घाटन कार्यक्रम सुरु भएको थियो । साधारणसभाको उद्घाटन सत्र र बन्द पत्र सकिएको केही बेरपछि मतदान प्रक्रिया सुरु हुने संघ निर्वाचन समितिले जनाएको छ ।
सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका थिए । यसअघि यी चार जना अध्यक्षका प्रत्यासी उम्मेदवारले दैनिक काठमाडांैका विभिन्न स्थानमा चुनावी प्रचारात्मक कार्यक्रम एवं आआफ्ना समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम गरेका थिए ।
संघको यस निर्वाचनका लागि अध्यक्षलगायत विभिन्न पदमा करिब ६ दर्जनभन्दा बढी व्यवसायीको उम्मेदवारी दिएका छन । अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने एक निर्वाचित हुने प्रथम उपाध्यक्षमा ४ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना र १० सदस्यका लागि ३१ सदस्य जना गरी कुल ६३ जना व्यवसायी चुनावी मैदानमा छन ।
संघको आगामी अध्यक्ष पदका लागि संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले आ–आफ्नो समूह चुनावी मैदानमा छन ।
अध्यक्षका प्रत्यासी संघका पूर्वउपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट संघको द्वितीय उपाध्यक्षमा मो.जावरद्विन मियाँ, तृतीय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकीले उम्मेदवारी दिएकी छन् । यसैगरी, सदस्यमा भगीरथ भण्डारी (भवानी) र चन्द्रकमल श्रेष्ठले उम्मेदवारी दिएका छन् । ‘अर्थतन्त्रको मूल आधार, सम्मानित वैदेशिक रोजगार’ भन्ने नाराका साथ उम्मेदवारी दिएका गुरुङ समूहले आफ्ना चुनावी प्रतिबद्धता पनि सार्वजनिक गरेको छ ।
अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार कुमुद खनाल हुन । लामो समय संघमा बसेका काम गरेका श्रम बुझेका व्यवसायी एवं फ्युजन इनटरनेशनल प्रालिका प्रवन्ध निर्देशक खनालको समुहबाट प्रथम उपाध्यक्षमा किशोर कुमार केसी (एसआरके नेपाल ओभरसिज प्रालि) , द्वितीय उपाध्यक्षमा अख्तर हुसेन(हुसेन ओभरसिज इम्प्लोइमेन्ट प्रालि), तृतीय उपाध्यक्षमा संजय पनेरु(पनेरू गुडलक इन्टरनेशनल प्रालि), महासचिवमा मेघनाथ भुर्तेल(नील कमल ह्युमन रिसोर्स प्रालि), सचिवमा कर्णराज कटुवाल(डाइनामिक स्टाफिङ सोलुशन प्रालि) र कोषाध्यक्षमा हिमा गुरुङ(वीनर एचआर सोलुशन प्रालि) रहेका छन ।
खनाल समुहको सदस्यका उम्मेदवारहरूमा राजकाजी तामाङ ब्लोन(राज ग्रुप अफ कम्पनी प्रालि), चन्द्र बहादुर लिम्बू(उज्यालो ओभरसिज प्रालि), कैलाश पाठक(सिल्भर कर्नर इन्टरनेशनल प्रालि), तोरणकुमार कार्की(फाइन जब रिक्रुटमेन्ट प्रालि), नारायण भुसाल(युरो एशिया मेनपावर प्रालि), विक्रम श्रेष्ठ(शुभहारती मेनपावर प्रालि), कामेश्वर साह, मो.इजरायल(ओमामा मेनपावर प्रालि), फिरोज खान र चन्द्रकमल श्रेष्ठ(सुपर्व फर अल्टिमेटम मेनपावर प्रालि) रहेका छन ।
अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार राजेन्द्र भण्डारी नेतृत्वको प्रगतिशील व्यावसायिक समूहबाट प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घले रहेका छन् । यसैगरी, सदस्यमा मञ्चबाट बैकुण्ठप्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डीएम सुब्बा), शिवहरि मैनाली (शीतल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतो रहेका छन् ।
अध्यक्षका अर्का प्रत्यासी अक्स्फोर्ड इन्टरनेसनल प्रालिका सञ्चालक जिसीको समूहका प्रथम उपाध्यक्षमा मञ्चका अध्यक्ष कान्तिपुर मेनपावर प्रालिका सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रालिका बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेसनल प्रालिका अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज प्रालिका टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रालिका केदारनाथ अधिकारी रहेका छन् ।
सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रालिका गणेश कुँवर, आयुष ओभरसिज प्रालिका कामेश्वर साह राहुल, प्mयुचर लिंक इन्टरनेसनल प्रालिका फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रालिका एकनारायण काफ्ले, पान्डा ह्युमन रिसोर्सेज प्रालिका प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रालिकी देवीमाया थापा, सिभम इन्टरनेसनल म्यानपावर सर्भिस प्रालिका शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रालिका सरोज कुशवाह रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।