logo

बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्छौं : नवनियुक्त श्रममन्त्री अर्याल

    1438   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा पदभार ग्रहणगरेपछि नवनियुक्त श्रममन्त्री अर्यालले यस्तो बताएका हुन । उनले स्वदेशमा भनेजस्तो काम नपाएपछि आफ्ना घरपरिवार पाल्नकालागि सामान्य आम्दानीकालागि पनि विदेशीनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी गरे । रोजगारीका लागि विदेशिनु नै पर्ने अवस्था रहेमा त्यस्ता व्यक्तिहरुको आत्मसम्मन र सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताए ।
आफु काममा विश्वास गर्ने व्यक्ति भएकाले गर्नेमा नै विशेष जोडदिने बताउँदै मन्त्रि अर्यालले भने, ‘ काम गरेरै त्यसलाई चिर्ने हो । यो जिम्मेवारीमा चुनौती छ र त्यसको सामना गरेर नतिजा निकाल्न सकिन्छ । यस मन्त्रालयमा धेरै कामहरु छन् । म काम आएको हुँ । आफ्नो काम इमान्दारीपूर्वक पुरा गर्छु ।’
उनले सबैभन्दा पहिले आफुले स्वदेशमा रोजगारी सिर्जना गर्न के–के गर्नुपर्छ भनेर त्यसमा लाग्ने, त्यसका लागि मातहतका विभाग, बोर्ड लगायतबाट अध्ययन गरेर दुर्गामी नीतिगत परिमार्जन गरी स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्ने बताए । र्छौं ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि नयाँ श्रममन्त्रीसँग केही आशा होला होलान । त्यसैले अब आफुले यो जिम्मेवारीमा बसेपछि अवस्य पनि सबै नेपालीको साझा मान्छे हुनेगरि काम गर्ने भन्दै उनले आफुले सबैको हित र राम्रोका लागि काम गर्ने बताए ।
स्वदेशका बेरोजगार जनशक्तिलाई रोजगारी दिन र विदेशमा रहेकाहरुको समस्यालाई अध्ययन गराएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले स्वदेशमा जागिर नपाएर विदेशिनु पर्ने अवस्था अन्त्यका लागि गम्भीर आफु निकै गम्भिर भएको बताए । बाध्यताले विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि सरकारले देखिने काम गर्छ भन्दै उनले विदेश जानै पर्नेहरुका लागि उनीहरुको आत्मसम्मान र सुरक्षाको प्रत्यभूति सरकारले दिने दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।