logo

संघको निर्वाचन नजिकिएसँगै व्यवसायीबीच चुनावी प्रतिस्पर्धा तीव्र

अध्यक्षका प्रत्यासी गुरुङ, भण्डारी, खनाल र जिसीको समूह भिड्दै

    441   पटक पढिएको

३ माघ/अर्थ र व्यापार – आगामी शुक्रबार हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको दिन नजिकिएसँगै अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका छन् ।
अहिले यी चार जना अध्यक्षका प्रत्यासी उम्मेदवारले दैनिक काठमाडौका विभिन्न स्थानमा चुनावी प्रचारात्मक कार्यक्रम एवं आआफ्ना समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम गरिरहेका छन् ।
संघको यस निर्वाचनका लागि अध्यक्षलगायत विभिन्न पदमा करिब ६ दर्जनभन्दा बढी व्यवसायीको उम्मेदवारी परेको संघ निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने एक निर्वाचित हुने प्रथम उपाध्यक्षमा ४ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना र १० सदस्यका लागि ३१ सदस्य जना गरी कुल ६३ जना व्यवसायीको उम्मेदवारी परेको छ ।
संघको आगामी अध्यक्ष पदका लागि संयुक्त लोकतान्त्रिक व्यवसायीको तर्फबाट संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ एवं गुरुङ म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक गुरुङ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा.ईश्वर जिसीले आ–आफ्नो समूह बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, संघको प्रथम उपाध्यक्षमा किशोर केसी, डिकबहादुर खत्री, धनलाल जैसी र सुरजकुमार घुण्डेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, द्वितीय उपाध्यक्षमा महम्मद जवारद्विन मियाँ, परमेश्वर अधिकारी, अख्तर हुसेन, सञ्जु गुरुङ र बाबुराम खड्काको उम्मेदवारी परेको छ । तृतीय उपाध्यक्षमा सञ्जय पनेरू, मोहनकुमार ढुंगेल, अनिल बोगटी, ओमबहादुर न्यौपाने र रोशन कटुवालले उम्मेदवारी दिएका छन् ।
महासचिवमा मेघनाथ भुर्तेल, लक्ष्मण पौडेल, मिलन कट्टेल र मधुकर रिजालले उम्मेदवारी दर्ता गराएका छन । सचिवमा कर्णराज कटुवाल, नरेन्द्रप्रसाद पोखरेल ‘नवीन’, हर्कबहादुर लिम्बू, राजेन्द्र अधिकारी, गोमा गिरी क्षेत्री (अञ्जु), टक्करबहादुर पाख्रिन र प्रेमराज लावतीले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा हिमा गुरुङ, राधा बुढाथोकी, सरिता घले, सरस्वती सुवेदी र केदारनाथ अधिकारी (दिपेन्द्र)ले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, १० सदस्यमा ३१ जनाले उम्मेदवारी दिएका छन् ।
आगामी नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने सदस्यमा राजकाजी तामाङ ब्लोन, विक्रम श्रेष्ठ, कैलाश पाठक, चन्द्रकमल श्रेष्ठ, चन्द्रबहादुर लिम्बू, श्यामचन्द्र खतिवडा, एकनारायण काफ्ले, फिरोज खान, सन्दीप पुडासैनी, आनन्द कोइराला, कामेश्वर साह, शिवकुमार कुँवर, नारायण भुसाल, सरोज कुशवाह, भगीरथ भण्डारी, प्रेमबहादुर गिरी, हरिबहादुर गिरी, देवीमाया थापा, रामप्रसाद न्यौपाने र बासु पुडासैनी रहेका छन् ।
संघको आगामी शुक्रबार हुने निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिएका गुरुङ समूहको निर्वाचन प्रचार–प्रसारका लागि दानबहादुर बुढाथोकीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।
अध्यक्षका प्रत्यासी संघका पूर्वउपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट संघको द्वितीय उपाध्यक्षमा मो.जावरद्विन मियाँ, तृतीय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकीले उम्मेदवारी दिएकी छन् । यसैगरी, सदस्यमा भगीरथ भण्डारी (भवानी) र चन्द्रकमल श्रेष्ठले उम्मेदवारी दिएका छन् । ‘अर्थतन्त्रको मूल आधार, सम्मानित वैदेशिक रोजगार’ भन्ने नाराका साथ उम्मेदवारी दिएका गुरुङ समूहले आफ्ना चुनावी प्रतिबद्धता पनि सार्वजनिक गरेको छ ।
अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार राजेन्द्र भण्डारी नेतृत्वको प्रगतिशील व्यावसायिक समूहबाट प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घले रहेका छन् । यसैगरी, सदस्यमा मञ्चबाट बैकुण्ठप्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डीएम सुब्बा), शिवहरि मैनाली (शीतल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतो रहेका छन् ।
अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार कुमुद खनाल हुन । लामो समय संघमा बसेका काम गरेका श्रम बुझेका व्यवसायी एवं फ्युजन इनटरनेशनल प्रालिका प्रवन्ध निर्देशक खनालको समुहबाट प्रथम उपाध्यक्षमा किशोर कुमार केसी (एसआरके नेपाल ओभरसिज प्रालि) , द्वितीय उपाध्यक्षमा अख्तर हुसेन(हुसेन ओभरसिज इम्प्लोइमेन्ट प्रालि), तृतीय उपाध्यक्षमा संजय पनेरु(पनेरू गुडलक इन्टरनेशनल प्रालि), महासचिवमा मेघनाथ भुर्तेल(नील कमल ह्युमन रिसोर्स प्रालि), सचिवमा कर्णराज कटुवाल(डाइनामिक स्टाफिङ सोलुशन प्रालि) र कोषाध्यक्षमा हिमा गुरुङ(वीनर एचआर सोलुशन प्रालि) रहेका छन ।
खनाल समुहको सदस्यका उम्मेदवारहरूमा राजकाजी तामाङ ब्लोन(राज ग्रुप अफ कम्पनी प्रालि), चन्द्र बहादुर लिम्बू(उज्यालो ओभरसिज प्रालि), कैलाश पाठक(सिल्भर कर्नर इन्टरनेशनल प्रालि), तोरणकुमार कार्की(फाइन जब रिक्रुटमेन्ट प्रालि), नारायण भुसाल(युरो एशिया मेनपावर प्रालि), विक्रम श्रेष्ठ(शुभहारती मेनपावर प्रालि), कामेश्वर साह, मो.इजरायल(ओमामा मेनपावर प्रालि)., फिरोज खान र चन्द्रकमल श्रेष्ठ(सुपर्व फर अल्टिमेटम मेनपावर प्रालि) रहेका छन ।
अध्यक्षका प्रत्यासी अक्स्फोर्ड इन्टरनेसनल प्रालिका सञ्चालक जिसीको समूहका प्रथम उपाध्यक्षमा मञ्चका अध्यक्ष कान्तिपुर मेनपावर प्रालिका सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रालिका बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेसनल प्रालिका अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज प्रालिका टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रालिका केदारनाथ अधिकारी रहेका छन् ।
सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रालिका गणेश कुँवर, आयुष ओभरसिज प्रालिका कामेश्वर साह राहुल, फयुचर लिंक इन्टरनेसनल प्रालिका फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रालिका एकनारायण काफ्ले, पान्डा ह्युमन रिसोर्सेज प्रालिका प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रालिकी देवीमाया थापा, सिभम इन्टरनेसनल म्यानपावर सर्भिस प्रालिका शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रालिका सरोज कुशवाह रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।