२ माघ/अर्थ र व्यापार– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने निर्वाचनकालागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका भुवनसिंह गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक समुहले विभिन्न प्रतिवद्धताहरु अघि सारेको छ ।
सोमबार अर्थ र व्यापारसँग कुरा गर्दै संघका अध्यक्षका प्रत्यासी उम्मेदवार गुरुङले एक सय संख्याको व्यवस्था एवं सरकारी नियम कानुनी जटिलता हटाउन पहल गर्ने, दूतावास प्रमाणिकरण आइटी (फेम्स)पूर्व अन्तिम समस्या समाधानकालागि पहल गर्ने , कामदार भलाई कोष एवं संचालकहरुको जीवन बिमा संचालन गर्ने, साउदी आइडको व्यवस्थामा पहल गर्ने आफ्नो समाुहको मुख्य प्रतिवद्धता रहेको बताए ।
यसैगरि, उनले.व्यवसायिक सुरक्षा संयन्त्रको व्यवस्था, सेवा सुल्क परिमार्जन ,व्यवसायी माथिको अनधिकृत हस्तक्षेप रोक्ने, कर्मचारी एवं कार्यलयको बिमा लागु गर्ने, साउथ एसियन सेन्डिङ अर्गनाईजेशन सम्मेलन गराई अन्तर्राष्ट्रिय काठमाडौ घोषणा पत्र जारिगरि कामदार आपूर्तिमा सहजता ल्याउन सरकारलाई सुझाव दिने, नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारसँग हातेमालो गरेर अघि बढ्ने र गैह्र कानुनी स्वीकृत रोक्न पहल गर्ने लगायतका व्यवसायीक हितकालागि प्रतिवद्धता व्यक्त गरे ।
यसअघि पनि संघको कार्यसमितिका तिन कार्यकालसम्म आफ्नो जिम्मेवारी पुरा गरिसकेका अध्यक्षका प्रत्यासी गुरुङले आफुले २७ महिना संघमा बसेर काम गर्दा एकहजार ४० वटा उजुरीको फछ्यौट गरेको बताए । ‘ संघलाई व्यवसायीहरुको अभिभावकिय संस्थाको रुपमा अघि बढाउँदै, व्यवसायीका समस्याहरु संघमा नै समिति बनाएर छलफल गराएर अघि बढ्ने योजना छ’ गुरुङले भने ।
संघको आगामी शुक्रबार हुने निर्वाचनकालागि अध्यक्षका प्रत्यासी संघका पूर्व उपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक भुवन गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक प्यानलको तर्फबाट संघको द्धितिय उपाध्यक्षमा मो.जावरद्धिन मियाँ, तृतिय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकीले उम्मेदवारी दिएकी छिन । यसैगरि, सदस्यमा भगीरथ भण्डारी(भवानी) र चन्द्रकमल श्रेष्ठले उम्मेदवारी दिएका छन ।
तपाईको प्रतिक्रिया