२ माघ/अर्थ र व्यापार– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने निर्वाचनकालागि भुवनसिंह गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन । गुरुङ समुहको निर्वाचन प्रचार –प्रसारकालागि दानबहादुर बुढाथोकीको संयोजकत्वमा मुल समित गठन गरिएको छ ।
अध्यक्षका प्रत्यासी संघका पूर्व उपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक प्यानलको तर्फबाट संघको द्धितिय उपाध्यक्षमा मो.जावरद्धिन मियाँ, तृतिय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकीले उम्मेदवारी दिएकी छिन । यसैगरि, सदस्यमा भगीरथ भण्डारी(भवानी) र चन्द्रकमल श्रेष्ठले उम्मेदवारी दिएका छन ।
‘अर्थतन्त्रको मुलआधार,सम्मानित वैदेशिक रोजगार’ भन्ने नाराका साथ उम्मेदवारी दिएका गुरुङ समुहले आफ्ना चुनावी प्रतिवद्धताहरु पनि सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया