logo

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन शुक्रबार ,अध्यक्षमा चारजनाको उम्मेदवारी

    220   पटक पढिएको

१ माघ/अर्थ र व्यापार– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी शुक्रबार हुने भएको छ । सो निर्वाचनका लागि अध्यक्षमा चारजनाले उम्मेदवारी दर्ता गराएका छन । अध्यक्ष लगायत विभिन्न पदमा करिव ६ दर्जनको उम्मेदवारी परेको संघ निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिबाट जारी उम्मेदवारहरुको अन्तिम नामावली अनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने एक निर्वाचित हुने प्रथम उपाध्यक्षमा ४ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना र १० सदस्यका लागि ३१ सदस्य जना गरी कुल ६३ जना व्यवसायीको उम्मेदवारी परेको छ ।
संघको आगामी अध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाल, संघका पूर्व द्वितीय अध्यक्ष भुवनसिं गुरुङ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका अध्यक्ष राजेन्द्र भण्डारी र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंचका सल्लाहकार डा.ईश्वर जिसीले उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरि, संघको प्रथम उपाध्यक्षमा किशोर केसी, डिक बहादुर खत्री, धनलाल जैसी र सुरज कुमार घुण्डेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सोही पदमा उम्मेदवारी दिएका संघका निवर्तमान महासचिव सुजितकुमार श्रेष्ठले भने अहिले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
त्यसैगरि, द्वितीय उपाध्यक्षमा महम्मद जवारद्धिन मियाँ, परमेश्वर अधिकारी, अख्तर हुसेन, सञ्जु गुरुङ र बाबुराम खड्काको उम्मेदवारी परेको छ । तृतीय उपाध्यक्षमा सञ्जय पनेरू, मोहनकुमार ढुंगेल, अनिल बोगटी, ओमबहादुर न्यौपाने र रोशन कटुवालले उम्मेदवारी दिएका छन ।
महासचिवमा मेघनाथ भुर्तेल, लक्ष्मण पौडेल, मिलन कट्टेल र मधुकर रिजालले उम्मेदवारी दर्ता गराएका छन । सचिवमा कर्णराज कटुवाल, नरेन्द्रप्रसाद पोखरेल ‘नवीन’, हर्कबहादुर लिम्बू, राजेन्द्र अधिकारी, गोमा गिरी क्षेत्री (अञ्जु), टक्कर बहादुर पाख्रिन र प्रेमराज लावतीले उम्मेदवारी दिएका छन । कोषाध्यक्षमा हिमा गुरुङ, राधा बुढाथोकी, सरिता घले, सरस्वती सुवेदी र केदारनाथ अधिकारी (दिपेन्द्र)ले उम्मेदवारी दर्ता गराएका छन । यसैगरि, १० सदस्यहरुमा ३१ जनाले उम्मेदवारी दिएका छन ।
आगामी नयाँ नेतृत्वकालागि उम्मेदवारी दिने सदस्यहरुमा विक्रम श्रेष्ठ, कैलाश पाठक, चन्द्रकमल श्रेष्ठ, चन्द्रबहादुर लिम्बू, श्यामचन्द्र खतिवडा, एक नारायण काफ्ले, फिरोज खान, सन्दीप पुडासैनी, आनन्द कोइराला, कामेश्वर साह, शिवकुमार कुँवर, नारायण भुसाल, सरोज कुशवाह, भगीरथ भण्डारी, प्रेमबहादुर गिरी, हरिबहादुर गिरी, देवीमाया थापा, रामप्रसाद न्यौपाने, बासु पुडासैनी, राजकाजी भलोन रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।