logo

वैदेशिक रोजगारीमा गएका कामदारको १२ लाख बढी बीमा पोलिसी सक्रिय, १ अर्ब १६ करोड प्रिमियम

    925   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार – बैदेशिक रोजगार बीमामा १२ लाख भन्दा बढी पोलिसी सक्रिय देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बैदेशिक रोजगार बीमामा १२ लाख १२ हजार ४६२ बीमा पोलिसी सक्रिय देखिएको हो ।
बैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्छ । सोहीअनुसार गरिएको बीमामा यतिका पोलिसी सक्रिय देखिएको हो । यसैगरि, चालु आर्थिक वर्ष २०७९÷८० को कात्तिक मसान्तसम्म बैदेशिक रोजगार बीमा बापत १ अर्ब १६ करोड ३७ लाख बीमाशुल्क संकलन भएको छ ।
जसमा कात्तिक महिनामा मात्रै ३२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । कात्तिकमा ७७ हजार ८४७ वटा पोलिसी बिक्री भएको छ । जसको बीमांक (दायित्व) भने १ खर्ब ८५ अर्ब ६४ करोड रहेको छ ।
पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । पछिल्लो पटक नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी, मेट लाइफ, सुर्या लाइफ, आइएमई लाइफ,ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले बैदेशिक रोजगार बीमा गरिरहेका छन् ।
सो अवधिमा सबैभन्दा धेरै वैदेशिक रोजागर बीमाबाट सन नेपाल लाइफले बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको चार महिनामा ५१ करोड ७२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।
दोस्रो स्थानमा रहेको सूर्या लाइफले भने कात्तिक मसान्तसम्म १७ करोड ३६ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्ममा बैदेशिक रोजगार बीमा शुल्क ३८ लाख २८ हजार रुपैयाँ देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।