logo

शून्य लागतमा कोरियामा मौसमी कामदार आफैँ पठाउने सरकारको तयारी

    1752   पटक पढिएको



८ मंसिर/अर्थ र व्यापार– सरकारले दक्षिण कोरियाका लागि मौसमी कामदारका रुपमा नेपाली कामदारलाई आफैँले पठाउने तयारी गरेको छ ।
कोरिया सरकारले आगामी दिनमा छोटो अवधिकालागि मौसमी कामदारको माग गर्ने नीति ल्याउने भएपछि अहिले सरकारले पनि यस्तो तयारी गरेको हो ।
मौसमी कामदार कोरिया पठाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएको छ । हाल सो कार्यविधि कानुन मन्त्रालयमा पठाईएको श्रम मन्त्रालयले जनाएको छ ।
कानुन मन्त्रालयको राय पछि कार्यविधिमा थप शंसोधन गरी प्रक्रिया अघि बढाईने मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाली कामदारलाई शुन्य लागतमा दक्षिण कोरियामा मौसमी कामदारको रुपमा पठाउने तयारी गरेको हो । जसका लागि कोरियन सरकारसँग छलफल हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय बेलायत, पोर्चुगल, अष्ट्रिया र कोरिया लगायतका मुलुकमा नेपाली युवाहरु मौसमी कामदारको रुपमा जान थालेका छन् । तर, रोजगारदाता श्रम गन्तब्य मुलुकसँग सरकारले श्रम सम्झौता नगरेकै कारण धेरै नेपाली कामदारहरु जोखिममा पर्न थालेका छन् ।
हाल नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत प्रशिक्षार्थी नेपाली कामदारलाई दक्षिण कोरिया पठाउँदै आएको छ । ईपिएस प्रणाली बाहेक मौसमी कामदार पनि नेपाली कामदारको लागि उपयुक्त हुने भन्दै सरकारले कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको हो ।
मौसमी कामदारको रुपमा जाने नेपाली कामदारको भिसा अवधि अधिकतम ६ महिनाको हुनेछ । सो अवधि पछि कामदार मुलुक फर्कनु पर्नेछ । तर, रोजगारदाताको अनुमतिमा कामदार पुनः जान सक्ने व्यवस्था गरिने भएको छ ।
यस्तो मौसमी कामदार पठाउने कार्यमा भने नेपाली कामदारले श्रम ऐन बमोजिमको पारिश्रमिक र सुविधाको सुनिश्चिता हुनुपर्ने नेपाल सरकारको अडान छ । यहि अडान अनुसार नेपाली कामदारदाई दक्षिण कोरिया पठाउने तयारीमा सरकार जुटेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।