logo

शून्य लागतमा कोरियामा मौसमी कामदार आफैँ पठाउने सरकारको तयारी

    2018   पटक पढिएको



८ मंसिर/अर्थ र व्यापार– सरकारले दक्षिण कोरियाका लागि मौसमी कामदारका रुपमा नेपाली कामदारलाई आफैँले पठाउने तयारी गरेको छ ।
कोरिया सरकारले आगामी दिनमा छोटो अवधिकालागि मौसमी कामदारको माग गर्ने नीति ल्याउने भएपछि अहिले सरकारले पनि यस्तो तयारी गरेको हो ।
मौसमी कामदार कोरिया पठाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएको छ । हाल सो कार्यविधि कानुन मन्त्रालयमा पठाईएको श्रम मन्त्रालयले जनाएको छ ।
कानुन मन्त्रालयको राय पछि कार्यविधिमा थप शंसोधन गरी प्रक्रिया अघि बढाईने मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाली कामदारलाई शुन्य लागतमा दक्षिण कोरियामा मौसमी कामदारको रुपमा पठाउने तयारी गरेको हो । जसका लागि कोरियन सरकारसँग छलफल हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय बेलायत, पोर्चुगल, अष्ट्रिया र कोरिया लगायतका मुलुकमा नेपाली युवाहरु मौसमी कामदारको रुपमा जान थालेका छन् । तर, रोजगारदाता श्रम गन्तब्य मुलुकसँग सरकारले श्रम सम्झौता नगरेकै कारण धेरै नेपाली कामदारहरु जोखिममा पर्न थालेका छन् ।
हाल नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत प्रशिक्षार्थी नेपाली कामदारलाई दक्षिण कोरिया पठाउँदै आएको छ । ईपिएस प्रणाली बाहेक मौसमी कामदार पनि नेपाली कामदारको लागि उपयुक्त हुने भन्दै सरकारले कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको हो ।
मौसमी कामदारको रुपमा जाने नेपाली कामदारको भिसा अवधि अधिकतम ६ महिनाको हुनेछ । सो अवधि पछि कामदार मुलुक फर्कनु पर्नेछ । तर, रोजगारदाताको अनुमतिमा कामदार पुनः जान सक्ने व्यवस्था गरिने भएको छ ।
यस्तो मौसमी कामदार पठाउने कार्यमा भने नेपाली कामदारले श्रम ऐन बमोजिमको पारिश्रमिक र सुविधाको सुनिश्चिता हुनुपर्ने नेपाल सरकारको अडान छ । यहि अडान अनुसार नेपाली कामदारदाई दक्षिण कोरिया पठाउने तयारीमा सरकार जुटेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।