logo

मलेसियामा श्रमिक सहायता केन्द्र स्थापना गरिने, हुण्डीमार्फत रकम नपठाउन राजदूत पौडेलको आग्रह

    1022   पटक पढिएको

१३ असोज/अर्थ र व्यापार– मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिक÷कामदारहरुले भोगेका विविध समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली संघ सहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन ।
उनले घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा सञ्चालन हुने गरी श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए ।
यसैगरि, उनले विभिन्न कारणले समस्यामा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानूनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने बताए ।
सो कार्यक्रममा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको समेत बताए ।
नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
उनले मलेसियामा रहेका नेपालीहरुलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिट्यान्स पठाउन आग्रह गर्दै हुण्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गने समेत बताएका छन ।
यसैगरि, राजदूत पौडेलले मुलुकको हितका लागि नेपाल र मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने बताए ।
मलेसियाको क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न भएको सो कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा लगायतले नवनियुक्त राजदुत पौडेललाई स्वागत गरेका थिए ।
मलेसिया नेपाली कामदारका लागि प्रमुख र आकर्षक श्रम गन्तव्य मुलुकको रूपमा रहेकोे छ । हाल करिब साढेदुई लाखभन्दा धेरै नेपाली कामदार कार्यरत रहेको मलेसियामा दैनिक २ हजारको संख्यामा नेपाली कामदार जान थालेका छन् ।
जसका कारण हाल नेपाल भित्रिने रेमिट्यान्स रकम मध्ये मलेसियाबाट आउने हिस्सा सबैभन्दा बढी एवं कुल रेमिट्यान्सको झन्डै एक तिहाई भन्दा बढी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।