logo

भदौमा ७६ हजार नेपाली वैदेशिक रोजगारीमा, मलेसिया जाने मात्रै ३५ हजार

    1144   पटक पढिएको

६ असोज/अर्थ र व्यापार– भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढेको छ । बितेको भदौ महिनामा ७६ हजार ४०३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । त्यसको झण्डै आधा हिस्सा मलेसियाले नै ओगटेको छ ।
महामारीका कारण लामो समय बन्द रहेको मलेसियको रोजगारी खुलेसँगै त्यहाँबाट डिमान्ड ह्वात्तै बढेको छ । जसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा दोब्बर हुन थालेको छ ।
भदौ महिनाको तथ्यांक अनुसार ५० हजार ५० जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदशे पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार भदौमा विदेशिने संख्या साउनको तुलनामा उच्च हो । साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए । भदौ महिनामा ५७ हजार ६९३ जना श्रमिकले नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तगत) मा विदेश जाने अवसर पाएका छन् ।
साउनमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ४२ हजार ७२९ थियो । असार महिनामा कुल ६२ हजार ८५३ जना नेपाली विदेशमा रोजगारीका लागि गएका थिए । यसमध्ये नयाँ श्रम स्वीकति लिएर जानेको संख्या ३९ हजार ७४२ जना थियो ।
भदौमा औसत २ हजार ४६१ जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौ महिनामा मलेसियामा मात्रै ३५ हजार ३७२ जना श्रमिक कामका लागि गाएका छन् । त्यसमध्ये ३३ हजार २० जना नेपाली श्रमिकले नयाँ श्रम भिसामा मलेसिया पुगेका छन् ।
भदौमा कतारमा ११ हजार ७७५, यूएईमा ८ हजार ३६५, साउदीमा ६ हजार ७८४, कुवेतमा ५ हजार ३९ र कोरियामा १ हजार ७१५ जना नेपाली श्रमिक पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।