logo

मलेसियामा विदेशी कामदार आपूर्ति गर्न आवेदन दिनेको चाप बढ्यो

    1251   पटक पढिएको

१६ भदौ/अर्थ र व्यापार – कोरोना विश्व महामारिको प्रभावका कारण वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउन नपाएको धेरै समयपछि बल्ल मलेसियामा विदेशी कामदार आपूर्ति गर्न आवेदन दिनेको चाप बढेको छ ।
अहिले विदेशी कामदार आपूर्तिका लागि आवेदन दिनेको चाप बढेपछि मलेसियाको मानव संशाधन मन्त्रालयलाई रोजगारदाताहरूको माग सम्बोधन एवं व्यवस्थापन गर्न समस्या परेको छ ।
हाल नेपाली लगायत विदेशी कामदार लैजान चाँहने रोजगारदाताहरूको चाप बढेपछि त्यहाँको मन्त्रालयले उनीहरूसँगका प्रारम्भिक अन्तर्वार्तालाई समेत कम्तीमा एक सातापछिको समय दिने गरेको छ ।
मन्त्रालयले एप्वाइन्टमेन्ट दिएका रोजगारदातालाई पनि केही समयपछि तोकिएको मितिमा सम्पर्क गर्न भनेको छ । गत आइतबार तिनसय रोजगारदाताले प्रारम्भिक अन्तर्वार्ताका लागि समय पाएको भएपनि आधा भन्दा बढीलाई बीचबाटै फर्काइएको सो मन्त्रालयले जनाएको छ ।
कोरोना विश्व महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द गरी दुईवर्षदेखि विदेशी कामदारको आवागमन बन्द गरेकोे मलेसियाले हाल विदेशी कामदारका लागि आफ्नो ढोका पुनः खोलिदिएपछि ठूलो संख्यामा आवेदन प्राप्त भएकाले भीड बढेको जनाएको छ ।
यस्तो भीड नियन्त्रण गर्न संख्या तोकेर आवेदन माग गरेको भन्दा कम कोटा प्राप्त गर्ने रोजगारदाताले पुनः आवेदन गर्नुपरेका कारण आवेदनको संख्यामा वृद्धि भएको मलेसियाको मानव संशाधन मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयले रोजगारदाताहरूलाई नयाँ आवेदन पेस गर्नुअघि स्वीकृत पाएको सबै संख्यामा विदेशी कामदार ल्याउन आग्रह गरेको छ ।
मलेसिया नेपाली कामदारको पनि आकर्षक श्रम गन्तव्य मुलुक हो । पछिल्लो समय मलेसियामा आप्रवासी कामदारको न्यूनतम तलब वृद्धि भएपछि हाल त्यहाँ जान नेपाली कामदारको आकर्षण निकै बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।