logo

सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय खोल्यो

    569   पटक पढिएको

९ भदौ/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषले पहिलो पटक विराटनगर र सिमरामा शाखा कार्यालय खोलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सिंहदबारबाटै यी शाखाको उद्घाटन गरेका हुन् ।
कोषले हालसम्म राजधानी काठमाडौंको बबरमहलस्थित कार्यालयबाट सेवा दिँदै आएकोमा अब जिल्लास्तरमा पनि शाखा सुरु गरी सो ठाउँबाट सेवा दिन थालेको हो । कोषले थप शाखाहरु विस्तार गर्ने पनि बताएको छ ।
एक साता अघि विशेष सापटी योजना सुरु गरेको कोषले ८० जना योगदानकर्ताहरुलाई झण्डै दुई करोड रुपियाँ बराबरको विशेष सापटी पनि दिएको जानकारी दिएको छ ।
कार्यक्रममा मन्त्री कुँवरले कोषले आवद्ध श्रमिकहरुलाई आफ्नो भविष्य सुरक्षित हुने अनुभूति गराएको बताए । उनले अब कोषको शाखाहरु पनि गाउँगाउँ, ठाउँठाउँमा विस्तार हुनुपर्ने बताए । सामाजिक सुरक्षा कोष कसको लागि किन आवश्यक छ ? भन्ने अनुभूति दिलाउने गरि सुविधाजनक गतिविधि बढ्नुपर्ने कुँवरले बताए ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले आफ्ना अधिकांश सेवा प्रवाह अनलाइनबाटै हुने गरेको भन्दै हालसम्म कोषमा १७ हजार तीन सयभन्दा बढी रोजगारदाता रहेको र तीन लाख ५५ हजारभन्दा बढी श्रमिकहरु आवद्ध भएको बताए ।
हालसम्म २२ अर्ब ३३ करोडभन्दा बढी रकम संकलन भएको उनले बताए । ज्ञवालीले ५३ हजार योगदानकर्तालाई विभिन्न स्किममार्फत सुविधा उपलब्ध गराएको पनि बताए पनि कोषमा जम्मा भएको ठूलो रकम प्रतिफलमूलक क्षेत्रमा लगानी गरेर श्रमिकहरुलाई थप सेवा सुविधा दिनेबारे कुनै योजना सुनाएनन् । कोषले सरकारी अस्पतालमा गरेको उपचारको औषधिउपचार खर्च दिने कुरामा समेत सीमा घटाउँदा धेरै योगदानकर्ताहरु रुष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।