logo

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनद्धारा नवनियुक्त श्रममन्त्री कुँवरसँग भेट

मेनपावर नवीकरण लगायतका समस्या तत्काल समाधान गर्ने मन्त्रीको आश्वासन

    1129   पटक पढिएको

१६ असार/अर्थ र व्यापार – एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरसँग भेट गरेको छ । सो भेटमा संगठनका प्रतिनिधीहरुले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा रहेका समस्या समाधान गरेर वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउदै सेवा उद्योगका रुपमा स्थापित गरी सरकार, वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायी तीनै पक्षको हकहितको रक्षा गर्न क्रियाशिल रहेको भन्दै मन्त्री कुँबरलाई ध्यानाकर्षण गराएका थिए ।
वैदेशिक रोजगार ऐन २०६४ मा गरिएको वार्षिक १०० (एक सय जना कामदार विदेश पठाउनैपर्ने अव्यवहारिक कानुनी व्यवस्था हालसम्म कार्यान्वयन हुन नसकेकोले वर्षेपिच्छे अस्थायी समाधान खोज्दै हिडनुपरेको भन्दै संगठनले मन्त्री कुँवर समक्ष यो समस्याका बारेमा उपयुक्त निकास निकाल्न आग्रह गरेको छ ।
‘व्यवसायी विरोधी कानुनी व्यवस्थाले नेपाल सरकारमा दर्ता भई व्यवसाय गरिरहेका करिव ३०० (तीन सय व्यवसायिक संस्थाहरुले २०७९ साल असार मसान्तसम्म एकसय संख्यामा कामदार वैदेशिक रोजगारमा पठाउन नसकेका कारण संस्था खारेजीमा पर्नसक्ने अवस्थाले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको सो संगठनले जनाएको छ ।
यो १०० एक सय संख्या लगाएतका अन्य समस्याहरुको दीर्घकालीन समाधान नभएकोले हामी सम्पूर्ण व्यवसायी निराशाजनक अवस्थामा रहेको भन्दै संगठनले यो समस्या समाधान गरी सबै व्यवसायीहरुले व्यवसाय गर्न पाउने अवस्था श्रृजना गर्न पहलकदमी लिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एकीकृत समाजवादी) का स्थाई कमिटि सदस्य तथा श्रम रोजगार विभाग इन्चार्ज पुर्व राज्यमन्त्री उर्वादत्त पन्त र नवनियुक्त मन्त्री कँुवरसंग भेटघाट गरी समस्याको जानकारी गराएको जनाएको हो ।
संगठनले समस्या समाधानका लागि अनुरोध गर्दा उनीहरु सबैजना यो समस्या समाधान गर्न सकारात्मक रहेको र यस्तो समस्याको दीर्घकालीन समाधानका लागि उक्त कानुन संशोधनको लागि कानून मन्त्रालयमा पठाउनुका साथै तत्कालीन समाधानका लागि बाधा अड्काउ फुकाउद्वारा समस्या समाधानका लागि आवश्यक आदेश जारी गर्न व्यवसायीको ईजाजतपत्र नवीकरण गर्ने व्यवस्था मिलाई राहत एवं संरक्षण प्रदान गर्न मन्त्री कुँबर प्रतिवद्ध रहेको जानकारी दिदै आश्वस्त पारेको छ ।
संगठनले यो समस्याबाट पीडित सबै व्यवसायीहरुलाई बजारमा फैलिएका विभिन्न अफवाहहरुका पछाडि नलागि यो समस्या समाधान हुने कुरामा विस्वस्त रहन, निर्धक्कका साथ मर्यादित रुपमा व्यवसाय अगाडि वढाउन अनुरोध गरेको छ । संगठनले भेटमा नवनियुक्त मन्त्री कुँबरलाई वैदेशिक रोजगारीको क्षेत्रका अविभावकको रुपमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेको जानकारि गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।