logo

भैरहवामा पनि खुल्यो वैदेशिक रोजगार कार्यालय ,श्रम स्वीकृतिकालागि काठमाडौं धाउन नपर्ने

    1351   पटक पढिएको

२ असार/अर्थ र व्यापार – भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै बुधबारदेखि बैदेशिक रोजगार व्यवस्थापन कार्यालयको शाखा पनि खुलेको छ । संस्थागत र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारिमा जानेहरुका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । यो कार्यालय सञ्चालनमा आएसँगै श्रम स्वीकृतिकालागि काठमाडौं धाईरहनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।
बुधबार भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले यस वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गरेका हुन । उनले वैदेशिक रोजगारिमा जाने नेपाली कामदारको सहजताकालागि अब मेनपावर कम्पनीहरुलाई पनि भैरहवामा आफ्नो कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले बुधबार भैरहवाको कार्यालयबाट कतार जाने नेवाली कामदार अस्कर अली मियाँको श्रम स्वीकृति गरेर सो कार्यालयको सेवा औपचिरक रुपमा सुचारु गरेका हुन् ।
यो कार्यालय सञ्चालनमा आएसँग भैरहवाबासीको वर्षौ देखिको सपना पूरा भएको छ । मन्त्री श्रेष्ठले पनि आफु यो कार्यालयको सेवा सञ्चालन गर्ने कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दि ल्याएर सेवाग्राहीको काममा थप सहजता प्रदान गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको बताए ।
वैदेशिक रोजगारिमा जाने व्यक्तिलाई सिप सिकाउनकालागि आगामी बजेट मार्फत सातै प्रदेशमा सिप मुलक तालिमको कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले वैदेसिक रोजगारीको बहानामा ठगि गर्ने कोही कसैलाई छुट नहुने दावी गरे ।
भैरहवामा कार्यालय खोलेर मात्रै नहुँने भन्दै सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरि दिन आग्रह गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले अब यस कार्यालयको कामलाई सहज ढंगले अघि बढाउन मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरु खोल्न तयार हुने बताए । उनले देसमा मेनपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकोले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारवाही गर्नुपर्ने बताउँदै मेनपावर कम्पनीले वैदेसिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकोले विचौलीयाबाट जोगिन सर्वसाधारणलाई आग्रह गरे ।
भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले सातामा तिन दिन उडान भरि रहेको छ । माग बढ्दै गएको खण्डमा छिट्टै अन्य देसका नियमित उडान भर्ने तयारीमा सरकार लागि रहेको मन्त्रालयले जनाएको छ । यो विमानस्थल संचालनमा आएपछि विदेशबाट आएका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौं सम्म जोखिम मोलेर आकाशमा उडि रहनु पर्ने बाध्यता हटेको छ ।
सो कार्यक्रमा नेपाली कांग्रेसका नेता अष्ठभुजा पाठक,सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले आ –आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।