logo

वैदेशिक रोजगारीबाट फर्किएका कामदारको जीवनस्तर विकास गर्न स्वीस सरकारद्धारा ८६ करोड रुपैयाँ सहयोग

    1152   पटक पढिएको

२५ जेठ/अर्थ र व्यापार – वैदेशिक रोजगारीबाट फर्किएका कामदारको जीवनस्तर विकास गर्न स्वीजरल्याण्ड सरकारले ८६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
स्वीस सरकारले विभिन्न देशबाट वैदेशिक रोजगारी गरी नेपाल फर्किएका नेपाली कामदारहरुको जीवनस्तर वृद्धिकालागि सो रकम खर्च गर्न लागेको हो । स्वीस सरकारले ‘रिइन्टीग्रेसन अफ रिर्टनी माइग्रेन्ट वर्कर’ परियोजना मार्फत सो रकम नेपाललाई सहयोग गरेको हो ।
नेपाल फर्किएका श्रमिकहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक जीवन सुधार र विदेशमा आर्जन गरेको ज्ञान, सीप नेपालमै उपयोग गर्न आवश्यक पर्ने सबै प्रबन्ध मिलाउनको लागि स्वीजरल्यान्डले यस्तो सहयोग गरेको हो ।
यस परियोजना अन्तर्गत प्राप्त हुने सहयोग रकम प्रदेश १ र मधेस प्रदेशका २० वटा स्थानीय तहमा उपयोग गरिनेछ । यो सहयोग परिचालन आगामी जुलाई महिनाबाट कार्यान्वयन गरिने छ । परियोजनाबाट प्राप्त सहयोग रकमलाई नेपालको रातो किताबमा समावेश गरिएको छ ।
यो परियोजना नेपालको तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव इश्वरीप्रसाद अर्याल र स्वीजरल्यान्डको तर्फबाट नेपालस्थित स्वीस राजदुतावासकी सिल्भाना होगले बुधबार हस्ताक्षर गरेका हुन् ।
नेपालस्थित स्वीस राजदुतावासकी होगले यस सम्झौताले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नागरिकहरुलाई आफूले आर्जन गरेको सीपको सदुपयोग गर्न सघाउने र नेपालमा उद्यमशीलता विकासका लागि आवश्यक पर्ने पुँजी जुटाउन सहयोग गर्ने बताइन् । यसैगरी, सह सचिव अर्यालले यस किसिमका परियोजनाले स्वदेश फर्किएका श्रमिकहरुको पुर्नस्थापनामा सहयोग पुर्याउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।