१४ वैशाख/अर्थ र व्यापार– सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरेको छ । अब मेनपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् ।
राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।
सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा नेपाली कामदार पठाउन खुला गरिसकेको छ । सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र हो । यो उच्च मध्यम आय भएको देश हो । यसमा अहिले आएको माग अनुसार व्यवस्थित रुपमा नेपाली कामदार पठाउन सकियो भने वैदेशिक रोजगारीकोलागि नयाँ श्रम गन्तव्य थपिने छ ।
तपाईको प्रतिक्रिया