logo

श्रममन्त्री श्रेष्ठ र विश्व बैंकका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

    1609   पटक पढिएको

२२ चैत/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा मंगलबार भएको भेटमा उनिहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका बिषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपुर्ण रहेको बताए । विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा गरेको सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए । बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैंकले सहयोग गरेको भन्दै उनले विश्व बैंकको यो सहयोग नेपालकालागि निकै उपयोगि र फलदायी भएको बताएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्नेतर्फ थप सहकार्य जरुरी रहेको उनको भनाई थियो ।
यसैगरि, सामाजिक सुरक्षा अन्तर्गत सय दिने अस्थायी रोजगारी कार्यक्रम स्थानीय तहमार्फत संचालन भइरहेको बताउदै उनले यस कार्यक्रमले कोरोना महामारीमा विपन्न समुदायलाई राहत प्रदान गरेको बताए ।
अहिले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमका कार्यक्रमलाई एकीकृत रुपमा संचालन गरी सीपयुक्त जनशक्ती उत्पादन गर्ने सरकारको नीति रहेको बताउदैँ उनले सातै प्रदेशमा निर्माण गरिने तालिम केन्द्रका लागि विश्व बैंकबाट सहयोगको अपेक्षा गरिएको बताए ।
बिश्व बैंकका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न बिश्व बैंक तयार रहेको बताए ।
नेपाल सरकारको आन्तरिक रोजगारी प्रवद्र्धन सम्वन्धि नीति कार्यान्वयनमा बिश्व बैंकले सहयोग गर्ने लीनले बताए । यसैगरि, उनले युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले विपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत् श्रम बजारको परिणाममा सुधार ल्याउने बताए ।
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि नीति,क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए ।
सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुन्डुराज घिमिरेले परियोजना मार्फत भइरहेका कार्यक्रमहरुबारे जानकारी गराएका थिए । विश्व बैंक नेपालको प्रमुख दातृ निकाय हो । विश्व बैंकले अहिलेसम्म नेपालको पूर्वाधार निर्माण, शिक्षा क्षेत्र, पर्यटन, लगायत धेरै ठाउँमा आर्थिक सहयोग गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।