logo

श्रम सम्झौताको दुई वर्षपछि ९९ नेपाली आज इजरायल जाँदै 

    1362   पटक पढिएको

५ माघ/अर्थ र व्यापार – श्रम सम्झौता गरेको दुई वर्ष १ महिनापछि बल्ल ९९ जना नेपाली कामदार इजरायल जाने भएका छन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ सालको १४ असोजमा श्रम सम्झौता भएदेखि सोही सम्झौता अनुसार पहिलोपटक  बल्ल ९९  जना नेपाली कामदार इजरायल तर्फ उड्न लागेका हुन । 
वैदेशिक रोजगार विभागका अनुसार पहिलोपटक सुरु भएको इजरायलमा कामदार पठाउने कार्यमा ६३ जना महिला र ३६ जना पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका हुन् । उनीहरू बुधबार राती ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायलतर्फ लाग्ने छन्।  
यसअघि वैदेशिक रोजगार विभागले बुधबार १२५ जना नेपाली कामदारलाई विमानस्थलबाट इजरायलतर्फ उडाउने तयारी गरेको थियो । तर, दैनिक रुपमा नयाँ थपिने कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेका कारण पूर्व अनमानित कामदारको संख्या घटेको हो । अहिले सबै प्रक्रिया पुरा भएर इजरायल लैजाने तयारी गरिएका २६ जना नेपाली कामदार संक्रमित भएका थिए ।  त्यसले भनेजति कामदार पहिलो उडानमा पठाउन नसकिएको विभागले जनाएको छ । 
विभागका अनुसार अब दोस्रो चरणको उडानमा १६२ जना नेपाली कामदारलाई इजरायल पठाईने छ । 
दुई मुलुकबीच भएको सम्झौतापत्रमा हालसम्म ९९४ जना कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जना नेपाली कामदारको अन्तिम नामावली छनोट गरेको थियो । 
त्यसमा इजरायल सरकारले ११ सय ७५ जना छनोट गरेको विभागले जनाएको छ । सो सम्झौता बमोजिम इजरायल जाने नेपाली कामदारको भिसा अवधी पाँच वर्षको हुनेछ ।  त्यसपछि स्वदेश फर्किएर इजरायलको रोजगारदाताले फेरि काम गर्न बोलाएको खण्डमा पुनः श्रम स्वीकृति लिएर नेपाली कामदार इजरायलतर्फ जान सक्ने छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।