logo

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित,सहमतिमा नेतृत्व चयन गर्ने प्रयास विफल

    1000   पटक पढिएको

२९ पुस / अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघले निर्वाचन सहितको साधारणसभा शुक्रबार ( ३० पुस) मा सम्पन्न गर्ने तयारी गरेको थियो ।
सोही तयारी अनुसार मनोनय दर्तादेखि उम्मेदवारी फिर्ता एवं आपसी सहमतीको प्रयास लगायत सबै प्रक्रिया जारि रहेकै बेला एक्कासी स्थगित गरिएको हो । संघको इतिहासमै पहिलो पटक दुईवर्षे नेतृत्व छनोटका लागि सबै दल निकट व्यवसायी मिलेर सर्वसहमतिमा आगामी नयाँ नेतृत्व छनोट गर्ने सहमतीमा व्यवसायी पुगेका थिए । तर, सहमति विपरित उम्मेदवारी परेपछि र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको दर बढेर उच्च भएको कारण देखाउँदै निर्वाचन समिति नै भंग गरेर संघले साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
संघमा नयाँ नेतृत्वका लागि सहमतिको वातावरण मिलाउन संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँडको निर्णय गरेपछि संघमा निर्वाचन नहुने भनिएको थियो । तर, सहमति विपरित अध्यक्ष, सचिव तथा सदस्यमा उम्मेदवारी परेपछि निर्वाचन रोकिएको संघका सचिव मेघनाथ भूर्तेलले जानकारी दिए ।
यसअघि भएको सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच जना सदस्य पाउने तयको थियो । त्यसैगरी, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, तीनजना सदस्य र एकजना सल्लाहकार तथा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने सहमति भएको थियो ।
त्यसैगरि, माओवादी निकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, तीन जना सदस्य, एक जना सल्लहकार तथा समाजवादी फोरम निकट संघले तृतीय उपाध्यक्ष, एक जना सदस्य र एकजना सल्लाहकार लिने गरी भागबण्डा गरिएको थियो ।
तर, निर्वाचन प्रक्रिया शुरु भएपछि माओवादी निकट मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भन्तनाले अध्यक्षमा उम्मेदवारी दिएपछि एकाएक माहोल फेरिएको थियो । अध्यक्ष पदमा एशोसिएशनका तर्फबाट संघका पूर्व द्वितिय उपाध्यक्ष भुवन सिंह गुरुङ सहित भान्तनाको
उम्मेद्वारी परेपछि बुधार बिहानसम्मको सहमति खोज्ने प्रयास विफल भएपछि निर्वाचन प्रक्रिया नै संघले स्थगित गरेको संघका महासचिव सुजित श्रेष्ठले जानकारि दिए । 
अध्यक्षका उम्मेद्वार भान्तनाले उमेदवारी दर्ता भएपछि उम्मेद्वारबीच सहमति गर्नुपर्नेमा राजनीतिक दल निकट संस्थालाई भागबन्डा गरेर पद बाँडफाँड गर्दा संघमा राजनीतिमा सक्रिय चासो नहुने व्यवसायीको अपनत्व नहुने खतरा बढ्ने भन्दै भागबन्डा गर्नु अनुचित भएको दाबी गरिरहेका छन् । उनले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने अडान गरेपछि सहमतीको आधारमा नेतृत्व चयन हुने निर्वाचन नै रोकिएको हो ।
सहमतिका लागि एशोसिएशनका तर्फबाट अन्य पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिने घोषणा गरेपनि अन्तिम अवस्थामा आउँदा अध्यक्ष पदमा सहमति नभएपछि निर्वाचन रोकिएको महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।
यसैगरि, सचिवमा कांग्रेस निकट एसोसियनका आधिकारिक उम्मेदवार प्रज्ञान न्यौपानेविरुद्ध केशव न्यौपाने तथा नरेन्द्रप्रसाद ढकालविरुद्ध इन्दिरा गुरुङको उम्मेदवारी परेको थियो । अनिश्चित काल अथवा अर्को सूचना जारि नभएसम्मकालागि निर्वाचन स्थगित गरेको संघले कोभिडका कारण निर्वाचन गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी सहित निवेदन दर्ता गराइसकेको छ । ‘कोरोना महामारीको यस्तो असहज अवस्थामा निर्वाचन गर्न सम्भव नहुने भएपछि अर्को सूचना नभएसम्मका लागि सधारणसभा स्थगित गरेका हौं’ महासचिव श्रेष्ठले भने । 
यस्ता थिए उम्मेदवारी दिने व्यवसायीहरु
वैदेशिक रोजगार व्यवसायी संघको आगामी नयाँ नेतृत्व चयन गर्ने निर्वाचनकालागि अध्यक्षमा संघका पूर्व द्वितिय उपाध्यक्ष भुवन सिंह गुरुङ  र माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाको उम्मेदवारी परेको भएपनि प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष र महासचिव पदमा भने १÷१ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएका थिए । प्रथम उपाध्यक्षमा प्रगतिशील वैदेशिक रोजगार व्यवायी मञ्चका हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका प्रमेश्वर अधिकारी र महासचिवमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजाल निर्विरोध निर्वाचित हँदै थिए ।
सो निर्वाचनकालागि संघको तृतीय उपाध्यक्षमा अख्तर हुसैन र संघका कार्यसमिति सदस्य कर्णराज कटुवालले पनि उम्मेदवारी दर्ता गराएका थिए । सचिवमा एसोसिएसनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने र केशवराज न्यौपानेको उम्मेदवारी परेको थियो । त्यसैगरी कोषाध्यक्षमा एसोसिएसनका वर्तमान अध्यक्ष नरेन्द्रप्रसाद ढकाल र संघकी वर्तमान कोषाध्यक्ष इन्दिरा गुरुङको उम्मेद्वारी दर्ता भएको थियो ।
यसैगरि, कार्यसिमित सदस्यहरुमा पनि सहमती बेगर एकीकृत संगठनका अनिल बोगटी र गणेश कुँवर, कामेश्वर साह (राहुल), गणतान्त्रिक मञ्चका केदारनाथ अधिकारी, चन्द्र बहादुर लिम्बु , प्रगतिशील मञ्चका तर्फबाट मिलन कट्टेल,सोम बहादुर तामाङको उम्मेद्वारी दर्ता भएको थियो । एसोसिएसनका तर्फबाट मोहम्द जुनैद, जंग बहादुर इजम, राजेन्द्र अधिकारी, हर्क बहादु लिम्बु, कैलाश पाठक, प्रेम राज लावती, प्रकाश बोहरा, नगेन्द्र प्रसाद पोखरेल (नबिन), बिक्रम श्रेष्ठ, लक्ष्मण पौडेल, बिजयकुमार कार्की, ऋषिराम कंडेलको उम्मेदवारी परेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।