logo

दक्षिण कोरिया जाने कामदारलाई थप डलर सटही सुविधा, विभागको सिफारिस चाहिने

    1589   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले  दक्षिण कोरिया जाने कामदारका लागि थप सटही सुविधा दिने भएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीका लागि कोरिया जाने कामदारहरूका लागि सटहीको फरक व्यवस्था गरेको हो । 
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरूले कोरोना भाइरस महामारीका कारणले गर्दा क्वारिन्टिन खर्च गर्नुपर्ने भएकाले थप सटहीको सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो । १ हजार ५०० सय अमेरिकी डलरसम्मको सटही सुविधा कामदारहरूले पाउने छन् । विद्युतीय कार्डको माध्यमबाट थप सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 
त्यसका लागि विवरण खुल्ने गरी कामदारले वैदेशिक रोजगार विभागबाट सिफारिस लिनुपर्ने जनाइएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधिकतम अमेरिकी डलर  २०० सटही सुविधा पाउने व्यवस्था यसअघि गरिएको थियो । 
देशमा विदेशी मुद्राको सञ्चिति घट्दै आएपछि केन्द्रीय बैंक तथा सरकारले सटही सुविधामा कडाइ गर्दै आएका छन्। विदेशमा घुम्न जाने नेपालीहरू तथा अध्ययनमा जाने विद्यार्थीलाई सटही सुविधामा कडाई गरिएको छ । कोरोनाको कारणले सिर्जित नयाँ नियम अनुसार कोरियामा विशेष प्रवेश पाउने कामदारलाई थप सुविधा दिने व्यवस्था गरिएको हो । 
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारले सरकारले पछिल्लो समय गरेको व्यवस्था अनुसारको सटही सुविधाले नपुग्ने र जानै नसकिने बताउँदै आएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।