logo

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने

    991   पटक पढिएको

२३ मंसिर/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जटेका  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार ( किसान) श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाएका हुन् । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको उचित सम्बोधन तथा व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ ।
सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन कार्यदलले सुझाव दिनेछ । कार्यदलले १५ दिनभित्र आवश्यक सुझाव सहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ । 
विभिन्न मन्त्रालय र मातहतका निकायले दिँदै आएका सीप विकाससँग सम्बन्धित तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न सम्भावना र चुनौतीबारे अध्ययन गर्न व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित छ सदस्यीय कार्यदल बनाइएको छ ।
उस्तै प्रकृतिका तालिम फरक–फरक निकायबाट सञ्चालन हुने, एउटै व्यक्तिले विभिन्न तालिम लिने तर काम नपाउने समस्या रहेकाले त्यसको समाधान खोज्नुपर्ने मन्त्रालयको निष्कर्ष छ । विभिन्न निकायबाट तालिम सञ्चालन हुँदा त्यसको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ ।
अहिले छोटो समयका तालिम धेरै वटा निकायले सञ्चालन गरिरहेका छन् । कार्यक्रम साबिकै संरचना मार्फत वा नयाँ संरचनामार्फत बनाउने भन्नेबारे सुझाव दिन कार्यदललाई भनिएको छ । देशभित्र रोगजारीका अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि प्रतिस्पर्धी एवं सीपयुक्त जनशक्ति तयार गर्न आवश्यक योजनाका बारेमा पनि कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अधिकांश अदक्ष रहेका छन् । वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन नसक्दा स्वयम् श्रमिक र मुलुकले ठूलो नोक्सानी व्यहोरिरहेका छन् । सीप नहुँदा वैदेशिक रोजगारीमा गएका श्रमिकले भनेअनुसारको काम नपाउने र न्यून ज्यालामा काम गर्नुपर्नेलगायत समस्या व्यहोर्दै आएका छन् ।
मन्त्रालय र मातहतका निकायको सङ्गठनात्मक संरचनाको अवस्थाबारे अध्ययन गर्न पनि कार्यदल बनाइएको छ । कार्यदलले वैदेशिक रोजगारी तथा श्रम कार्यालयसहित मातहतका निकायको कार्यबोझ, कार्यप्रगति र सुधारका सम्भावनाको अध्ययन गर्नेछ । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले वैदेशिक रोजगार तथा श्रम कार्यालयका समस्या, चुनौती र समाधानका उपायका साथै श्रम सहचारी नियुक्ति मापदण्डबारे पनि सुझाव पेस गर्नेछ ।
वैदेशिक रोजगार व्यवस्थापन तथा समग्र कार्यप्रणाली व्यवस्थित गर्न सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिने मन्त्रालयले जनाएको छ ।
यसैबीच, मन्त्री श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकलगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताएका छन् । चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक सम्बद्ध संघ संस्थाका पदाधिकारीसँगको छलफलमा उनले न्यून पारिश्रमिक लिने कलाकारलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठले असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको बताए । 
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गरे । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले चलचित्रमा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रुपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकै पटक नपाउने र बचत पनि कम हुने भन्दै सरकारको सहयोगको खाँचो औँल्याएका थिए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।