logo

मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावासको सक्रियता

    300   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार – टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ । जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् ।
कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै जापानले विदेशीको आवागमनमा कडाइ गरेको हो । ३२ जनामध्ये १ जना पुनःप्रवेश गर्ने व्यक्ति रहेको तर संगै नयाँ प्रवेश गर्ने बच्चा पनि भएकाले रोकिएको टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत अम्बिका जोशीले जानकारी दिए ।
सकेसम्म सबैलाई जापान प्रवेश गर्ने वातावरण मिलाउने कोसिस भैरहको जोशीको भनाई छ । ‘हामीले कोसिस गरिरहेका छौ’, उनले भने, ‘के हुन्छ यसै भन्न नसकिने अवस्था छ ।’
हिमालय एयरको विमानबाट आएका २३ र मालेदो एयरको विमानबाट आएका ९ जना गरी ३२ नेपाली अहिले मलेसियाको विमानस्थलमा अलपत्र परिरहेका छन् । मलेसियाको विमानस्थलममा रहेका रामशरण भट्टले दिएको जानकारीअनुसार एयर वयज कम्पनीहरुले आ–आफ्ना यात्रुलाई नेपाल फर्काउने तयारी थालेका छन् । हिमालय एयरका कर्मचारीले शुक्रबार बेलुकासम्ममा नेपाल फर्काइने जानकारी दिएको बताउँदै उनले भने, ‘समय यकिन भनेका छैनन् ।’ विमानस्थलको गलत सूचनाका कारण यस्तो अवस्था आएको उनको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश ,नयाँ बजेट आन्तरिक उत्पादन बढाउनेमा केन्द्रीत हुने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक) का सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका छन् ।

बजेटबाट चालु खर्च कटौतीको तयारीले मन्त्रालयहरू असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा साधाराण (चालु) खर्च कटौती गर्ने भएको छ ।

ओडी कर्जामा थप कडाई, पहिले लिएको ओडी समेत बन्द गर्न बैंकको दबाब

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् ।

निर्जीवन बिमा कम्पनीले करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाए

निर्जीवन बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्ममा करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाएका छन् ।

मनोरञ्जन

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने 

विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो ।