logo

सामाजिक सुरक्षा कोषमा बैंक सहजै आबद्ध हुने वातावरण बनाउँछौं : मन्त्री श्रेष्ठ

    1347   पटक पढिएको

१२ मंसिर /अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले सामाजिक सुरक्षा कोषमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सहजै आबद्ध हुने वातावरण सिर्जना गर्ने बताएका छन् ।
सामाजिक सुरक्षा कोषको चौथो सामाजिक सुरक्षा दिवसको अवरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नयाँ कामको सुरुवात भएकाले केही कमी कमजोरी देखिएको भए पनि अब बिस्तारै यसको कार्यविधि संशोधन गरेर उल्लेख्य रोजगारदाता र श्रमिक आबद्ध गराउने रणनीति सरकारको भएको बताए ।
यही सामाजिक सुरक्षा कोषमार्फत नै श्रमिकको हकअधिकार सुनिश्चित हुने दाबी गर्दै उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि बिस्तारै समेटिने बताए ।
उनले अब सातै प्रदेशमा कोषका शाखा विस्तार गर्ने योजना सरकारको रहेको बताउँदै सरकारको यस्तो राम्रो कदममा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दै जति सक्दो छिटो आबद्ध हुन पनि आह्वान गरे  । 
कार्यक्रममा रोजगारदाताका तर्फबाट उपस्थित भएका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषका कार्यक्रमहरूलाई समयानुकूल परिष्कृत गर्दै जानुपर्ने बताए । उनले यस कोष हरेक तवरबाट परिपूर्ण नभएको बताउँदै अझै यसलाई कसरी हुन्छ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । 
यसैगरि, ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताए । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सुरु भएको चार वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सबैको साझा लक्ष्य रहेको बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले सामाजिक सुरक्षा प्रणाली हाम्रा लागि नयाँ भएकाले यसको कार्यान्वयनमा केही व्यावहारिक कठिनाइहरू देखिएको भन्दै हालसम्म प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई मनन गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि बढाउन कोष सक्षम हुने अपेक्षा गरिएको बताए । उनले हालसम्म करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचीकरण भइसकेको जानकारी पनि दिए । सूचीकृत श्रमिकहरूले सामाजिक सुरक्षा कोषबाट सुविधा पनि पाउन थालिसकेका जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाइको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए ।
सो कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषमा हालसम्म १५ हजार ८ सय बढी रोजगारदाता र २ लाख ९५ हजार बढी श्रमिक आबद्ध भएको बताए । यीमध्ये १ सय २३ आश्रित परिवारले निरन्तर पेन्सनको सुविधा पाउने उनले जानकारी दिए । यसैगरी, उनले बिस्तारै रोजगारदातार श्रमिकहरूबीच यस कोषमा आबद्ध हुने आकर्षण बढ्दै गइरहेको बताए । 
त्यसैगरी, सामाजिक सुरक्षा कोषले चौथो सामाजिक सुरक्षा दिवसका अवसरमा कोषमा आबद्ध भएका श्रमिकको विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका ५२ आश्रित परिवारलाई आजिवन पेन्सन वितरण गरेको पनि ज्ञवालीले  जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।