logo

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

    1224   पटक पढिएको

२८ भाद्र / अर्थ र व्यापार– वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न समाजको १२ औ साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतीमा निर्वाचित गरेको हो । 
रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष थिए । समाजको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मनुका कुँवर रहेका छन् । यसैगरी कार्यसमितीको सदस्यहरुमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई रहेका भएका छन भने सल्लाहकारहरुमा मदनकुमार श्रेष्ठ, मधुजंग पाण्डे, रुद्र खडका, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन ।

समाजका निवर्तमान अध्यक्ष हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न साधारणसभामा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा समाजद्धारा प्रकाशित ‘श्रम तथा आप्रवासन र कोभिडपछि अवको बाटो’ नामक स्मारिका समेत विमोचन गरिएको थियो ।
साधारण सभामा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको यर्थाथताकाबीच अधिकांश नेपाली रहरले नभई वाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको र अब ती नेपालीको सुरक्षाबारे सबै पक्षको ध्यान जान जरुरी रहेको बताए । उनले श्रम गन्तव्य मुलुकको अवस्था र सुरक्षित रोजगारीको बारेमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सुसुचित गराउन सके धेरै समस्या हल हुने भन्दै यो भूमिका खेलिदिनका लागि संचारकर्मीहरुलाई आग्रह गरे ।
श्रम मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले कोभिडले आर्थिक गतिविधी ठप्प बनाउदासमेत रेमिट्यान्सकै कारण मुलुकको अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारीको क्षेत्रेले पु¥याएको योगदान प्रशसनीय रहेको बताए । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई सम्मानित, मर्यादित तथा प्रतिष्ठित बनाउन सरकार, नीजि क्षेत्र तथा सरोकारवाला निकाय सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा भएका राम्रा र नराम्रा पक्ष औल्याइदिएर समाजले सदैव मार्गदर्शन गरेकोमा आभार व्यक्त गरे । उनले वैदेशिक रोजगारीमा जाने परिपाटी रोकेर रोक्न नसकिने विषय रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिन सके स्वदेशमै पनि यस्ता जनशक्तिको धेरै खाँचो रहेको र यसरी विदेशिदा कामदार पनि सुरक्षित हुनेमा जोड दिए ।  

नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरु संस्थागत भईरहेकोमा खुसी व्यक्त गरे । वैदेशिक रोजगारीको क्षेत्र मर्यादित र सम्मानित बनाउन संचारमाध्यमले हरेक कोणबाट औल्याउनुपर्ने बताउदै विष्टले यस क्षेत्रमा कलम चलाइरहदा पहिलो प्राथमिकता र केन्द्रविन्दुमा श्रमिकको हितलाई राख्नुपर्ने तथा व्यवसायीका समस्या पनि उठाउदै नीति निर्माण तहलाई झकझकाउने काम गर्नुपर्नेमा जोड दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।